arrow

रुससँग मिलेर एस–४०० मिसाइल बनाउने टर्कीको लक्ष्य, अमेरिकाको चेतावनीको वेवास्ता

logo
एजेन्सी
प्रकाशित २०७६ असार ३१ मंगलबार
S-400.png

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकाको चेतावनीबीच रुससँग मिसाइल सुरक्षा प्रणाली एस–४०० खरीद गरिने बताएको छ । 

सन् २०२० को अप्रिलसम्ममा पूर्णरुपमा यो प्रणाली टर्की आउने बताइएको छ । अमेरिकाले रुससँग यो प्रणाली खरीद गरेको खण्डमा प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिँदै आएको छ ।
 
टर्कीले यसका साथै आगामी दिनमा रुससँग मिलेर संयुक्तरुपमा एस–४०० मिसाइल सुरक्षा प्रणाली निर्माण गरिने बताएको छ । रुसको पहिलो चरणको एस–४०० को उपकरण टर्की आइसकेको छ । अमेरिको यो सम्झौता रद्द गर्न चेतावनी दिइरहेको अवस्थामा टर्कीले अमेरिकालाई अस्वीकार गरेको हो । अमेरिकाले यो सम्झौता रद्द नगरेको खण्डमा टर्कीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको छ ।  

टर्कीका राष्ट्रपति एर्दोगानले एस–४०० निकै बलियो सुरक्षा प्रणाली रहेको बताएको छ । उनले आफूहरुको लक्ष्य रुससँग मिलेर उक्त सुरक्षा प्रणाली बनाउनु रहेको बताएका छन् । 

अमेरिकाले टर्कीको एस–४०० मिसाइलको प्रतिक्रियास्वरुप आफ्नो एफ–३५ फाइटर विमानको सम्झौता रद्द गर्ने निर्णय गरिसकेको छ । उसले टर्कीसँग एफ–३५ र एस–४०० मिसाइल सुरक्षा प्रणाली एकसाथ हुन नसक्ने बताउँदै आएको छ । 

रुससँग एस–४०० मिसाइल सुरक्षा प्रणाली खरीद गर्ने टर्की नेटोको पहिलो सदस्य राष्ट्र हो । यसले ४ सय किलोमिटरसम्म लक्षित गरी आक्रमण गर्न सक्छ । पछिल्लो समय टर्कीको रुससँगको निकट सम्बन्धले यूरोप र अमेरिकामा चासो बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ