arrow

गुल्मी समाज अष्ट्रेलियाको तेश्रो अधिवेशन, अध्यक्षमा गान्धी निर्वाचित

logo
कौरव खत्री,
प्रकाशित २०७६ असार ३१ मंगलबार
gulmi-samaj-australia.jpg

गुल्मी । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको तेश्रो अधिवेशन क्याम्वरओयल अष्ट्रेलियामा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको अधिवेशनले गान्धी प्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया समितिको पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद चालिसे, सचिवमा प्रकाश अर्याल, सह–सचिवमा वर्षा भण्डारी, कोषाध्यक्षमा राजन पोखरेल रहेका छन् ।

त्यस्तै समितिको अन्य सदस्यहरुमा रमेश अर्याल, रामहरि सापकोटा, दिनेश काफ्ले, माधव खरेल, रामचन्द्र पोखरेल, नविन भण्डारी रहेका छन् । साथै सोहि अधिवेशनले सल्लाहकार समितिको समेत पूर्नगठन गरेको छ । सल्लाहकार समितिहरुमा भिमलाल सापकोटा, लालसिंह खत्री, जनकराज गौतम, मणिरत्न सापकोटा, लक्षमण सापकोटा, शिवलाल सापकोटा, सन्देश पन्त र नारायण चालिसे रहेका छन् ।

कार्यक्रम गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका निवर्तमान अध्यक्ष मणिरत्न सापकोटा अध्यक्षता तथा एनआरएनए अष्टेलियाका अध्यक्ष केशव कँडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा महेन्द्र आदर्श माध्यमिक विद्यालय गुल्मीका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटाको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन भने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका निवर्तमान सचिव गान्धी प्रसाद भट्राइले गरेका थिए । कार्यक्रममा नेपालका विभिन्न स्थानबाट अष्ट्रेलियामा रहेका नेपालीहरुको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ