arrow

कुरुक्षेत्रमा भेटिएको ८० फिट लामो कंकाल भीमपुत्र घटोत्कचकै हो ?

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
bhim-putra2.JPG

काठमाडौं । यतिबेला भारतीय सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ । एक विशालकाय कंकालको तस्वीरलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले महाभारतकालीन कंकालको आशंका गरिएको छ । त्यो कंकाललाई महाभारत कालका भीम पुत्र घटोत्कचको रहेको दाबी गरिएको छ । कुरुक्षेत्रको नजिक उत्खनन् गर्ने समयमा यो ८० फिट लामो मानव कंकालको अवषेश मिलेको छ। 

के छ भाइरल ?

सामाजिक सञ्जालमा एक विशालकाय कंकालको तस्वीरका साथ यो म्यासेज भाइरल भइरहेको छ “कुरुक्षेत्रमा उत्खनन्को क्रममा विदेशी रक्षा विशेषज्ञले भेटे भीम पुत्र घटोत्कचको कंकाल, जसको लम्बाई ८० फिटको छ।”

के हो सच्चाई ?

सच्चाई यो हो कि कंकाल घटोत्कचको होइन । वास्तवमा भन्नु पर्दा त यो मानव कंकाल नै होइन । यो एक स्कल्पचर हो जसलाई इटालियन आर्टिस्ट जिनो डी डोमेनिसिसले बनाएका थिए । यस स्कल्पचरको नाम क्यालामिटा कस्मिका हो । जुन २८ मीटर लामो र आठ टनको छ । यसका अनावरण १९९०मा फ्रान्सका ग्रेनोबल शहरको सेन्टर नेशनल डेआर्ट कन्टेम्पोरियनमा भएको थियो । सन् २००७ मा यसको प्रदर्शनी भएको थियो । भाइरल यो तस्वीर त्यहिँको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ