arrow

सुन्दरताको लागि ओठ छेढ्ने सूरी जातिको दर्दनाक प्रथा !

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
plate.jpg.jpeg

एजेन्सी। यो हेर्दा साच्चिकै आश्चर्य लाग्न सक्छ तर इथियोपियाका सूरी जनजातिका महिलाहरुद्वारा ओठमा प्लेट लगाउने चलन रहेको छ। सूरी जनजातिमा यसरी प्लेट लगाउनु सुन्दरताको प्रतिक मानिन्छ।  इथियोपियाको दक्षिण-पश्चिमी क्षेत्रमा बस्ने यि जनजातिहरुलाई 'सूरमा' नामबाट चिनिन्छ। जनजातिको यो अनौठो प्रथा अनुसार, महिलाहरुले यौवन अवस्थामा प्रवेश गर्दै गर्दा उनिहरुको दुई दाँत तोडेर र ओठ काटेर पुवाल बनाउने प्रचल रहेको छ।

यसपश्चात उनिहरुको ओठमा माटोको डिस्क फिट गरिन्छ। समय सँग-सँगै यस डिस्कको साइज बढाइन्छ, ताकि उनीहरुको ओठ ठूलो होस् र उनिहरु सुन्दर हुन सकुन्। कयौ बर्ष देखि सूरी जनजाति को यो प्रथा, ब्रिटेन सहित धेरै देशहरुमा समेत प्रचलिन रहि आएको छ। पश्चिमी देशहरुमा बनाइने पियर्सिंगको साइज भने सूरी जनजातिमा लगाईने प्लेट जत्रो ठूलो हुदैन। 

'लिप' प्लेटको महत्व: महिलाको ओठमा लगाईएको प्लेटको साइज हेरेर उनका बुवाले दाईजोमा त्यति नै धेरै गाई दिनुपर्ने प्रचलन रहेको छ। स्थानीय चलन अनुसार, केटिको विवाहको सिलसिलामा 'लिप' डिस्क ठूलो हुनेले ज्यादा दाईजो पाउने सम्भावना हुन्छ। सानो प्लेट भएकी केटिले बाबुबाट ४० गाई र ठूलो प्लेट भएकी केटिले दाईजोमा ६० वटा गाई पाउने प्रचलन रहेको छ।  शारीरिक सौन्दर्य बढाउने प्रथा: पालना गर्न जनजाति पुरुषले दबाव दिन्छन। पछिल्लो केहि बर्षमा कयौँ केटिहरुले यस दर्दनाक जनजातीय प्रथा लाई पालना गर्न मनेका छैन्न। 

को हुन सूरी जनजाति: सूरी, इथियोपियाको दक्षिण-पश्चिममा बस्ने सानो जनजाति हुन्, जो सूरमाको नामबाट पनि परिचित छन्। पश्चिम ओमो घाटीको बेच माजी इलाकामा रहने यस जनजातिका मानिसहरुको मुख्य काम जानवर चराउनु हो। यिनिहरुको जनसंख्या बीस हजारको हारहारिमा रहेको छ।  यिनिहरु को मुख्य भाषा नीलो-साहारान हो। यिनिहरुको इथियोपियामा रहेका मुर्सी र मीन जनजाति सँग पनि सम्बन्ध रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ