arrow

कर्नाटकमा सत्ता पल्टाउने/नपल्टाउने निर्णायक त्यो एक मत

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
karnatak.PNG

बेङ्गलोर ।  कर्नाटकमा एचडी कुमारस्वामीको अघुवाईमा कांग्रेस-जेडीएस सरकारको भविष्य संकटमा परेको छ । बिहीबार विधानसभामा सीएम कुमारस्वामीले विश्वास प्रस्ताव पेश गरेका छन् । विधायकहरुको धोकाधडीसँग जुधिरहेको जेडीएस-कांग्रेसका लागि बहुमत हाँसिल गर्नको लागि चुनौती थपिएको छ । यसबीच सदनमा स्वतन्त्र विधायकहरु हाजिर नै भएनन् । उनीहरु अहिले मुम्बईको एक होटलमा  बसिरहेका छन् । यसका अलावा एक बीएसपी विधायक एन नागेश पनि सदनमा गएका छैनन् । विधानसभामा विश्वास मतमा चर्चाको क्रममा हंगामा पनि भएको छ । कांग्रेसले बीजेपीमाथि विधायकहरुको खरिद विक्रि गरेको आरोप लगाएको छ । 

सीएम कुमारस्वामीले विधानसभामा विश्वासको मत पेश गरेका छन् । कुमारस्वामीले सदस्यहरुलाई सम्बोधन गर्दै  सर्वोच्चले सबै आदेश दिइसकेको भन्दै यस बारेमा चर्चा गर्न नचाहेको बताए । उनले आफू संसदमा आउनुको एउटै प्रयोजन गठबन्धन सरकार चलाउन सकिन्छ कि सकिँदैन भनेर जान्नको लागि हो । कुमारस्वामीले  बीजेपीको मद्दतमा विधायकहरु सुप्रीम कोर्ट गएको आरोप लगाएका छन्। 

सीएमले भने कि, 'हाम्रो विरुद्ध निराधार आरोप लगाइएको छ । म सदनमा बहुमत साबित गरेर देखाउँछु । मेरो प्राथमिकता सीएम बनिराख्नु र सत्ता चलाइराख्नु नभएको उनको भनाइ छ । कुमारस्वामीले सभामुखको भूमिका खराब बनाउने भूमिका विपक्षीले गरिरहेको बताएका छन् । आफूहरु कर्नाटकको विकासको लागि काम गर्न चाहिरहेको भन्दै उनले बीजेपीप्रति इंकित गर्दै विपक्षका नेताहरु एकदमै हडबडीएका हुन् ? त्यस विषयमा आजै छलफल गर्नु पर्नेमा जोड दिए ।  

सदनलाई सम्बोधित गर्दै कुमारस्वामीले भने, 'मेरो र मेरा मन्त्रीहरुको आत्मसम्मानका लागि मलाई केही कुरा गर्नुपर्ने हुन्छ । यस सरकारलाई अस्थिर गर्नको लागि को जिम्मेवार छ ?' कर्नाटक विधानसभाको कारबाही विहान ११ बजे सुरु भएको छ । यस सभामा पूर्व मुख्यमन्त्री र बीजेपी नेता बीएस येदियुरप्पाले सदनमा विश्वास मतको बारेमा चर्चा गर्न माग गरे । त्यहिँ विधानसभाभित्र जानुभन्दा पहिले येदियुरप्पाले आफूहरु अविश्वासको पक्षमा बहुमत पुग्नेबारेमा १०१ प्रतिशत आश्वस्त रहेको बताएका छन् । 

कर्नाटक विधानसभामा एक मनोनीत विधायक समेत कुल २२५ सदस्य रहेका छन् । सदनमा २२४ निर्वाचित सदस्य रहेका छन् । तर, जरूरत परेको खण्डमा मनोनीत सदस्यले समेत भोट हाल्न सक्छन् । यदि १५ विधायक (एकले राजीनामा फिर्ता) भोटिङ्गमा गैरहाजिर मात्रै भए भनेपनि कूल संख्याबल २१० पुग्नेछ । यस्तो स्थितिमा बहुमतको लागि १०६ जनाको समर्थन सरकारलाई निरन्तरता दिनको लागि चाहिन्छ । बीजेपीसँग कूल १०५ विधायक रहेका छन् । यानी स्वतन्त्र उम्मेदवार भोट दिन नआएको खण्डमा भाजपाको लागि एक मतको आवश्यकता पर्दछ । दुई निर्दलीय विधायकहरु (एच नागेश र आर शंकर)ले पहिले नै बीजेपीलाई समर्थन दिएका छन् । 

यसरी भाजपालाई समर्थनको लागि सहयोग गर्नको लागि स्वतन्त्र उम्मेदवारहरु पनि अनुपस्थित भएपछि कर्णाटकबाट काँग्रेसको सरकारलाई विश्वासको मत नपुग्ने लगभग पक्का देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ