arrow

बयालपाटा र चरिकोट अस्पतालमा कागज रहित स्वास्थ्य सेवा

logo
दिवस तिमिल्सिना/ पुर्ण बहादुर खड्का
प्रकाशित २०७६ साउन २ बिहिबार
EHR-Using-on-Trisuli-(1).jpg

अछाम । आधुनिकताको विकाससंगै हरेक क्षेत्रमा अहिले सबै कामकाजहरु बिद्युतीय पद्धति मार्फत हुन थालेका छन् । छिटो छरितो, प्रभावकारी तथ्यांक तथा सजिलै पहुँचका लागि बिद्युतिय अभिलेख प्रणालीको प्रयोग बढीरहेको छ । नेपालमा भने यस्तो बिधि केही हद्सम्म सिमित क्षेत्रमा मात्र लागु भएको पाईन्छ ।

तर न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले नेपालमै पहिलो पटक यस्तो एकिकृत ईएचआर (EHR) बिद्युतिय स्वास्थ्य अभिलेख प्रणालीको सुरुवात सुदुरपश्चिमको अछामबाट गरेको छ । अछाम जिल्लामा संस्थाद्वारा संचालित बयालपाटा अस्पतालले सन् २०१५ मा पहिलो पटक यस्तो बिद्युतीय स्वास्थ्य अभिलेख प्रणालीको व्यावस्थापनमा सबै प्रकारका स्वास्थ्य सेवा तथा अभिलेखका कामकाजलाई कागज रहित बनाई रेकर्ड राख्दै आएको छ ।

उक्त प्रणालीलाई न्याय हेल्थ नेपालले अन्य क्षेत्रमा समेत विस्तार गर्दै आईरहेको छ । संस्थाको व्यावस्थापनमा संचालित चरिकोट अस्पताल दोलखा, चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्र अछाम पनि सोही बिधी मार्फत स्वास्थ्य सेवा र अभिलेख राख्ने काम भईरहेका छन् । सो बिद्युतिय अभिलेखको प्रभावकारीता देखेर नुवाकोटमा रहेको त्रिशुली सरकारी अस्पतालले समेत बिद्युतिय स्वास्थ्य अभिलेख प्रणालीको प्रयोग गर्दै आईरहेको छ ।

यो ईएचआर लागु भएका अस्पतालमा उपचारका लागि पहिलो पटक आउने व्यक्तिलाई बिरामी दर्ता नं. सहितको एक कार्ड दिईन्छ । त्यसपछि कुनै कागजको प्रयोग नगरेरै सेवा दिन सुरु गरिन्छ । अस्पतालले  बिद्युतीय स्वास्थ्य अभिलेख (EHR – Electronic Health Record) पद्धति मार्फत बिरामीहरुको सवै बिवरण ईएचआरमा अभिलेखीकरण गरिएको हुन्छ । बिरामीलाई जाँच गरिसकेपछि चिकित्सकले उनको रोग तथा निदानको वारेमा सवै कुरा कम्प्यूटरमा ईन्ट्री गर्छन सोही अनुसार बिरामीलाई कस्तो उपचार गर्नु पर्ने हो भन्ने अन्य फाँटले समेत सजिलै हेर्न सक्छन । यसरी बिरामीको उपचारपछि औषधी लिनलाई समेत कागजी प्रयोग हुदैँन, डाक्टरले औषधी बिद्युतीय स्वास्थ्य अभिलेख मै लेख्छन र त्यसको रेकर्ड सिधैँ फार्मेसी जान्छ। यसरी औषधी बितरण गरेपछि मौज्दातबाट क्रमश घटेर जान्छ । महिनामा के कति औषधी खर्च भयो भनेर सजिलै तथ्यांक निकाल्न सकिन्छ । 

उक्त रेकर्ड सधैँभरीको लागि अभिलेख भएको हुन्छ र अर्को पटक आउदाँ पहिलो पटक दिएको कार्ड नं. ले सबै कुरा सजिलै हेर्न सकिने प्राबधान बनाईएको छ । बिरामीलाई भविष्यमा चाहिने रिपोर्ट लगायतका सबै प्रकारका तथ्यांक सजिलै प्राप्त गर्न सकिन्छ । न्याय हेल्थ नेपालका अनुसार यो अभिलेख संस्थाले निर्धारण गरेको नेटवर्कको सर्वरमा मात्र सिमित हुने भएकोले बिरामीको तथ्याँक चुहावट हुने सम्भावना हुदैँन ।

तर नेपालका हरेक स्वास्थ्य संस्थालाई मासिक प्रतिवेदन तयार पार्न करिब एक हप्ता लाग्ने गरको छ भने स्वास्थ्य संस्थाले तयार पारेको प्रतिबदेन केन्द्रिय रिपोर्टिगं सफ्टवेरमा राख्न कम्तिमा पनि दुई हप्ता लाग्ने गरेको छ ।

आधुनिक्ताको विकास र समयको माग संगै राज्यले समते यस्तो प्रकारको अभिलेख राख्ने प्रणालीको प्रयोग गर्ने हो भने हरेक प्रकारका तथ्यांक छोटो समयमै देशका कुनैपनि ठाँउमा हेरेर प्रयोग गर्न मद्दत पुग्ने देखिन्छ । बिद्युतिय तथ्यांकले प्रयोगकर्ता एवंम प्रबन्धकलाई आफ्नो स.सथामा भईरहेका सेवाहरुको जानकारी लिन तथा निगरानी राख्न ईनटरनेटको पहुँच भएको ठाँउबाट सजिलै हेर्न तथा बिश्लेषण गर्न सकिने छ ।

यसका साथै हाल प्रयोगमा भईरहेको कागजी भण्डारणको लागत कम गर्न र व्यावस्थापनमा हुने कठिनाई समेत हटेर जाने देखिन्छ भने विश्वसामु सुचना प्रणालीको स्तर उन्नतीमा प्रतिष्पर्धा गर्न र राज्यलाई प्रभावकारी तथ्यांक प्रयोगमा समेत टेवा पुग्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ