- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा बिमान ठोक्किएको प्रहरीले जनाएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार बिमानले समुद्र सतहबाट करिब २,३०० मिटरको उचाईमा रहेको हिमाली चट्टानमा ठक्कर दिएको थियो ।
कठिन भौगोलिक क्षेत्र भएकाले खोज तथा उद्धारमा कठिनाई भएको पनि प्रहरीले जनाएको छ । बिमान दुर्घटनाका सम्बन्धमा अनुसन्धान जारी छ ।सिन्ह्वा