arrow

पानीको हाहाकार : उत्तरप्रदेशको विधानसभामा अब आधा गिलास मात्रै पानी पाइने

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
half-glass-water.jpg

लखनऊ। पानीको हाहाकार भएको भारतको उत्तर प्रदेशमा पानी सञ्चय गर्नकोलागि अनौठो नियम लागू गरिएको छ । प्रधानमन्त्री मोदीले जल सञ्चयको लागि गरेको राष्ट्रिय आग्रह अनुसार विधानसभा परिसरमा जल संरक्षणका लागि सांसदहरुलाई नै सीमित पानीमात्रै दिने नियम बनाएको हो ।

नयाँ नियम अनुसार उत्तर प्रदेशको सचिवालय र विधानसभा परिसरमा हर कोहीलाई केवल आधा गिलास पानी दिइने भएको छ । आधा गिलास पानी पिएपछि फेरि प्यास लागेको खण्डमा फेरि अर्को आधा गिलास पानी दिइने छ । विधानसभा सचिवालयका प्रमुख सचिव प्रदीप दुबेले यस्तो आदेश जारी गरेका हुन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मनको बात भन्ने कार्यक्रममा देशबासीलाई जल संरक्षणको अपिल गरेका थिए । पीएमको अपिललाई यूपी विधानसभा अध्यक्षले गम्भीरताका साथ लिएका छन् । उनीहरुले विधानसभा परिसरमा आधा गिलास पानी दिनेवाला नियम बनाएका हुन् ।

विधान सभाका सचिव प्रदीप दुबेले जारी गरेको यो व्यवस्था विधानसभा अध्यक्ष हृदय नारायण दीक्षितको मञ्जुरीमा गरिएको हो । आदेशमा भनिएको छ 'प्राय: पूरा गिलाँस पानी कसैले पनि पिउने गरेका छैनन् । जसले आधा गिलास पानी त्यसै खर्च गर्ने गरेका छन् ।' 

आदेश अनुसार विधानसभा परिसरमा प्रारम्भमा आधा गिलास जल दिइन्छ। कैयौं पटक यो देखिएको छ कि भरिएको गिलास पानी मानिसहरु एक दुई घुट्को पिएर आधा गिलास पानी छाड्ने गरेका छन् ।  

प्रदीपले आदेशमा विधानसभा परिसर र सचिवालयका सबै भागमा प्रारम्भमा आधा गिलास जलमात्रै दिइन्छ। विधानसभाका सबै अधिकारीहरु र कर्मचारीसँग यो नियम पूर्ण रुपमा लागू गराउनको लागि पनि भनिएको छ । 

NBT

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ