arrow

ट्रकमा ब्रेक नलागेर खोल्सोमा झर्‍यो, आठ बालबालिकासहित नौको मृत्यु

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
truck2.jpg

मनिला । फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिका सहित नौ जनाको मृत्यु भएको छ ।
एउटा खेलकुद कार्यक्रममा सहभागी हुन ट्रकमा चढेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ट्रकमा झण्डै ३० जना बालबालिका र उनीहरुका केही अभिभावक एवं शिक्षकहरु चढेका थिए । मध्य फिलिपिन्सको बोल्जून नगर बाहिरको भिरालो सडकमा ट्रकमा ब्रेक नलागेर खोल्सोमा झरेको थियो ।

बोल्जून नगरका मेयर मर्लाउ डेरामाले ट्रक ड्राइभरले ट्रक रोक्न खोजेपनि अनियन्त्रित भई पल्टिएको बताए।  उनले दुर्घटनामा ११ र १२ वर्षका आठ बालबालिका र एक जना अभिभावकको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा ट्रक चालक भने सकुशल रहेका छन् ।

गत महिना पनि पूर्वी कामारिन सुर प्रान्तको पहाडी इलाकामा ट्रक दुर्घटना हुँदा १३ जनाको ज्यान गएको थियो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ