arrow

घना जंगलको बीचमा रेल स्टेशन, बच्चाले सम्हाल्छन् रेलवेको कार्यभार

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
train-children-station1.jpg

काठमाडौं । बुडापेस्टको हरिया पहाडको घना जंगलको बीचमा एक रेल स्टेशन छ । यो विश्वको रेल सेवाको सबैभन्दा तीव्र गतिको सेवा होइन । तर, विशेष भने पक्कै पनि छ । अन्य रेल सेवाको जस्ता यहाँ पनि टिकट कार्यालय, डिजेल इन्जिन, सिग्नल, गार्ड र एक समय सारिणी पनि छ ।

अचम्मको कुरा यहाँ वयस्क मानिसले नभई बालबालिकाले रेलवे स्टेशन चलाउँछन् । सन् २०१८ मा यो स्टेशनले आफ्नो ७० औं वार्षिक उत्सव मनाएको थियो । यहाँका बच्चा आफ्नो रातो, नीलो र सेतो रङको स्मार्ट बर्दीमा विल्कुलै फरक देखिन्छन् ।

रेलवे स्टेशनमा बच्चाहरु निकै कुशलतापूर्वक टिकट बिक्री गर्छन् । रेलको जाँच गर्छन् र स्टेशनबाट निस्किने बेलामा सलाम पनि गर्छन् । यो रेलवेले साम्यवादको झझल्को दिन्छ । जब हंगेरी सोभियत संघको एक उपग्रहको राज्यको रुपमा थियो । बालबालिकालाई जिम्मेवारी सिकाउन यो रेलवे निर्माण गरिएको थियो । त्यतिबेला नाबालिगहरु वयस्क मानिसको रेखदेखमा रेलवेमा काम गर्थे ।

रेलवे आज पनि त्यसैअनुसार चलिरहेको छ । तर, अहिले कम्युनिष्ट सिद्धान्तविपरीत चिल्ड्रन्स रेलवेको रुपमा यसलाई सञ्चालन गरिएको छ । स्थानीय बालबालिकाले करीब प्रत्येक १५ दिनमा रेलवेमा काम गर्नुपर्छ । यहाँसम्मकी उनीहरुलाई स्कुलबाट पनि छुट्टी मिल्ने गरेको छ । केही हंगेरीका आगन्तुकका लागि बालबालिकाहरुले सञ्चालिन गरेको संकीर्ण–गेज मा यात्रा गर्ने अवसर मिल्नेछ । यसले उनीहरुलाई आफ्नो बालककालको याद दिलाउने गर्छ ।

यहाँको स्टेशन अहिले पनि गौरवको विषय मान्ने गरिन्छ । यहाँका बालबालिकाले रेलवेमा यति राम्रो सेवा दिन्छन् कि त्यहाँ पुग्ने जो कोहीले पनि यो सेवा १४ वर्षको बच्चाले दिइरहेको छ भन्ने कुरा बिर्सिन्छन् ।

रेल स्टेशनमा बालकालिकाहरुले टिकट दिने रेलमा टिकट चेक गर्ने, हरियो र रातो झण्डा देखाउने काम गर्छन् । यो रेल ११ किलोमिटरसम्म पहाठको बीचबाट चल्ने गर्छ । त्यसका लागि ४० देखि ५० मिनेटसम्म लाग्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ