arrow

पाकिस्तानमा अनौठो रेकर्ड: एक पूर्वराष्ट्रपति र दुई पूर्वप्रधानमन्त्री एकसाथ जेलमा

logo
एजेन्सी
प्रकाशित २०७६ साउन ४ शनिबार
pakistan_record.JPG

काठमाडौं । पाकिस्तानमा बिहीवार पूर्व प्रधानमन्त्री शाहिद खाकान अब्बासी भ्रष्टाचार मामिलामा पक्राउ परेका छन् । यससँगै पाकिस्तानमा अनौठो कीर्तिमान बनेको छ । पहिलोपटक पाकिस्तानका दुई पूर्वप्रधानमन्त्री र एक पूर्वराष्ट्रपति एकसाथ जेलमा कैद भएका हुन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको इतिहासमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले विभिन्न समस्याको सामना गर्दै आएका छन् । पाकिस्तानमा प्रधानमन्त्री लियाकत अली खानको हत्या गरिएको थियो, त्यस्तै जुल्फिकर अली भुट्टोलाई फाँसी दिइएको थियो । बेनेजर भुट्टोको पनि गोली हानी हत्या गरिएको थियो । 

पहिलोपटक पाकिस्तानमा दुई पूर्वप्रधानमन्त्री र एक पूर्वराष्ट्रपतिलाई जेल सजाय दिइएको हो । यी तीनैजनालाई भ्रष्टाचारको आरोप लागेको छ । अहिले अन्य दुई पूर्व प्रधानमन्त्री यूसुफ राजा गिलानी र परवेज अशरफ पनि अदालत धाइरहेका छन् ।

इरमरान खानको सरकारमा अहिले पूर्व प्रधानमन्त्री नवाज शरीफ गत एक वर्षदेखि जेलमा छन् । त्यस्तै पूर्व राष्ट्रपति आसिफ अली जरदारी पनि एक महीनादेखि जेल जीवन बिताइरहेका छन् । यसैबीच अब्बासी पक्राउ परेसँगै पकिस्तानमा अनौठो रेकर्ड कायम भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ