arrow

विपत्तको सामना गर्न स्वयमसेवा एप सार्वजनिक

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
app.jpg.jpeg
काठमाडौं। मोबाइल एप्स मार्फत स्वयंसेवा गर्न इच्छुक युवाहरुको लागि भनेर  राष्ट्रिय स्वयंसेवा कार्यक्रमले स्वयंसेवा एप बनाएको छ। विशेष कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले उद्घाटन गरे। उक्त एपमा  नेपालभरका इच्छुक स्वयंसेवकले आफूलाई स्वयंसेवाका लागि दर्ता गर्ने र इच्छुक संस्थाले यसमार्फत चाहिएको स्वयंसेवक पाउन सक्ने सुविधा दिइएको छ।
 
नेपाल सरकार, राष्ट्रिय योजना आयोग, राष्ट्रिय विकास स्वयंसेवक सेवा र हिमालयन क्लाइमेट इनिसिएटिभद्वारा संयुक्त रूपमा सञ्चालित राष्ट्रिय स्वयंसेवा कार्यक्रमलाई थप प्रभावकारी र भरपर्दो बनाउन यो एप बनाएइको हो।  यो एपमार्फत देशभरबाट करीब २० हजार प्रतिबद्ध राष्ट्रिय स्वयंसेवकको समूह बनाउने लक्ष्य कार्यक्रमले राखेको छ। कार्यक्रमले नेपालमा आइपर्ने विपत्तिबाट उत्पन्न हुने सामाजिक, वातावरणीय तथा आर्थिक संकटसँग जुध्न सरकार र विकास साझेदारलाई सहयोग गर्ने जनाएको छ।Displaying IMG_8918.JPGDisplaying IMG_8918.JPG
Displaying IMG_8918.JPG
 
उपाध्यक्ष खतिवडाले देशको पुनर्निर्माणमा युवाको आवश्यकता रहेको बताउँदै यसका लागि एप सहयोगी हुने विश्वास व्यक्त गरे। यस्तै अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार गोविन्द नेपालले मुलुकमा देखा परेको समस्यासँग जुध्न यो एपले मद्दत गर्ने दाबी गरे। 
 
यस्तै हिमालयन क्लाईमेट इनिसिएटिभका प्रमुख कार्यकारी अधिकृत शिलशिला आचार्यले जलवायु परिवर्तनको प्रभावले नेपालमा हुने विपत्तिबारे सरकारले चासो देखाउनु पर्ने र आम जनमानससँग हातेमालो गरेर सहयोग गर्नुपर्ने बताए।   राष्ट्रिय स्वयंसेवा कार्यक्रमको नेतृत्व गरिरहेका प्रदीप खतिवडाले भूकम्प गएको ११ महिनाभित्र नेपालका ३६ जिल्लामा राष्ट्रिय स्वयंसेवकको सञ्जाल व्यापक भइसक्ने बताए।  
 
यस कार्यक्रमले भूकम्पबाट प्रभावित १४ जिल्लाका पीडितमध्ये हालसम्म १२ हजारलाई कपडा, खाना, औषधि, चार सय तीनजना विद्यार्थीलाई छात्रवृत्ति र तीन सय ४३ अति सीमान्तकृत परिवारलाई भूकम्प प्रतिरोधात्मक अस्थाथी आवास निर्माण गरी मद्दत गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ