arrow

चीनमा गुगलको के स्वार्थ छ ? 

logo
एजेन्सी
प्रकाशित २०७६ साउन ४ शनिबार
google1.png

काठमाडौं । पछिल्लो केही दिनयता गुगलको चीनको व्यापार धेरै चर्चाको विषय बन्न पुगेको छ । यसै विषयमा केहीले गुगलले चिनियाँ सैन्य समुहसँग मिलेर काम गरिरहेको आरोप लगाएका छन् । साथै केहीले अमेरिकासँग गुगलमाथि अनुसन्धानको गर्न उनीहरुले आग्रह गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो प्रशासनले त्यसका लागि उचित कदम चालिने बताएका छन् । अझै पनि गुगलको चीनको बजारमा के स्वार्थ छ भन्ने कुरा स्पष्ट हुन सकेको छैन । यहाँ चीनमा गुगलको व्यवसायबारे वर्णन गरिएको छ –

‘प्रोजेक्ट ड्र्यागनफ्लाई’

गुगलले आफ्नो चीनको यो खोजी उत्पादन सन् २०१० मा बन्द गरेको थियो । चीनले गुगलको यो उत्पादन आफ्नो मुलुकमा बन्द गरेको थियो । गत वर्ष पनि गुगलले आफ्नो यो उत्पादनको नयाँ एप चीनमा सार्वजनिक गरेको थियो । त्यसका लागि उसले चीनको आन्तरिक नियम पालना गर्न तयार रहेको बताएको थियो । चीनले सबै इन्टरनेट सेवा प्रदायकलाई निकै कडाइको नियम अघि सारेको छ । अहिले पनि चीनमा गुगलमा प्रतिबन्ध लगाइएको छ । चीनमा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर मात्र गुगल चलाउन सकिन्छ । 

एआई रिसर्च 

गुगलले चिनियाँ गुप्तचर संस्थालाई कृत्रिम बौद्धिकता (एआई)को योजना उपलब्ध गराएको आरोप लाग्दै आएको छ । तर, यस विषयमा आधिकारिक प्रमाण भने सार्वजनिक भएको छैन । अहिले चीनमा गुगलको एआईको कार्यक्रम भने चलिरहेको छ । उसले सन् २०१७ मा एआई रिसर्च सेन्टर पनि स्थापना गरेको थियो । आफ्नो वेबसाइटमा गुगलले चीनको एआई रिसर्च शिक्षा र प्राकृतिक भाषा बुझ्नका लागि प्रयोग गर्न सकिने बताएको छ । साथै उसले यसको प्रयोग विज्ञापनका लागि पनि यसको प्रयोग गर्न सकिने बताएको छ । यसले गुगललाई निकै ठूलो सहयोग पुग्नसक्ने बताएको छ । 

क्लाउड कम्प्युटिङ 

प्रविधि कम्पनीहरु अलिबाबा र टेन्सेन्टले चीनको क्लाउड बजारमा प्रभाव जमाइरहेका छन् । गुगल अहिले चीनमा आफ्नो क्लाउड उत्पादन चिनियाँ कम्पनीलाई बिक्रीको प्रयासमा छ । अहिले चीनमा कम्पनीले क्लाउड कम्प्युटिङ इन्जिनियर, डेटा म्यानेजर, व्यापार र व्यावसायिक विकासको भूमिका निर्वाह गर्नसक्ने मानिसको खोजी गरिरहेको छ । त्यसका लागि उसले बेइजिङ, सांघाई र शेन्चेनजस्ता सहर रोजेको छ । 

हार्डवेयर 

गुगलले चीनमा स्मर्टफोन, स्मार्ट स्पिकर्स र थर्मोस्ट्याटजस्ता उत्पादनको लागि हार्डवेयर बिक्री गर्ने गरेको छ । जसमध्ये केही चीनमा नै निर्माण पनि हुने गरेको छ । अहिले पनि गुगलले केही उत्पादनको परीक्षण गरिरहेको छ । तर, केही समयअघि गुगलले आफ्नो चीनको केही उत्पादन अमेरिकाको करबाट बच्न अर्को मुलुकमा सार्ने तयारी गरेको समाचार सार्वजनिक भएको थियो । 

गुगल  प्ले स्टोर 

गुगल प्ले स्टोर अहिले चीनमा प्रतिबन्धित छ । त्यसैले गुगलले एप निर्माताहरुसँग काम गरिरहेको छ । यसको सहयोगमा चिनियाँ उत्पादन अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गर्ने दाउ गुगलको छ । साथै चीनको गेमिङ क्षेत्रमा पनि गुगलले काम गरिरहेको छ । 

विज्ञापन 

विज्ञापन गुगलको आम्दानीको महत्वपूर्ण पाटो हो । तर, उसको सेवा चीनमा प्रतिबन्धित छ । त्यसैले गुगलले चीनमा विज्ञापनको व्यापार गर्न पाउँदैन । यस्तोमा गुगलले विज्ञापन विस्तारको केही बाटो खोजिरहेको छ । जसमध्ये गुगलको व्यवसायको उद्देश्य चिनियाँ कम्पनीलाई आफ्नो उत्पादन चीनभन्दा बाहिर प्रयोगको लागि प्रयास गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ