arrow

दिल्लीमा धेरै मुख्यमन्त्री बनेर रेकर्ड राखेकी शीला दीक्षितको निधन 

logo
प्रकाशित २०७६ साउन ४ शनिबार
Sheila_Dikshit_former_Delhi_CM_passes_away-2.jpg

काठमाडौं । दिल्लीकी पूर्व मुख्यमन्त्री एवं काँग्रेसको दिल्ली प्रदेश अध्यक्ष शीला दीक्षितको निधन भएको छ । शनिबार उनको ८१ वर्षको उमेरमा मुटु रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्रीको पदमा रहेकी दीक्षितले सबैभन्दा लामो समय दिल्लीमा मुख्यमन्त्री बनेर रेकर्ड कायम गरेकी थिईन् । उनी निधनको केही दिन पहिलेसम्म पनि राजनीतिमा सक्रिय थिईन् । केही दिन अघिमात्रै उनले दिल्लीमा नयाँ जिल्लाध्यक्षको नियुक्ति पनि पाएकी थिईन् । 

यति मात्रै नभएर काँग्रेसको आगामी दिल्लीको विधान सभा चुनावमा मुख्यमन्त्रीको रुपमा देखाउने अनुहार पनि उनको नै थियो । उनी दिल्लीमा काँग्रेसको सरकार ढलेपछि केरलको राज्यपाल समेत बनेकी थिईन् । यसका अलावा कांग्रेसले यूपी विधानसभा चुनावमा उनलाई मुख्यमन्त्रीको रुपमा समेत एक पटक पेश गरेको थियो । शीला सधैंभरी गान्धी र नेहरुको परिवारसँग नजिक थिईन् ।

फोर्टिस एस्कोर्ट अस्पतालले शनिबार जारी गरेको बुलेटिन अनुसार उनलाई शनिबार विहान मात्रै भर्ना गराईएको थियो । मुटुमा समस्या देखिएपछि उनलाई गम्भीर स्थितिमा डा। अशोक सेठको नेतृत्वमा उपचार सुरु भएको थियो । उनको दिउँसो ३ बजेर ५५ मिनेटमा निधन भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ