arrow

विप्लवका उपत्यका ब्यूरो इन्चार्ज माइला पक्राउ

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
maila-lama-badal.jpg

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।

उनलाई शनिबार राति १ बजे विशेष सुराकीको आधारमा काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

पछिल्लो समय सत्तारुढ दलका कतिपय नेताहरुसँग सरकार र विप्लव वार्ताको लागि अनौपचारिक संवादमा रहेका लामालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । 

लामाको पक्राउपछि विप्लव वार्ताका लागि वाध्य हुने सरकारी पक्षको दावी रहे पनि यो घटनाले विप्लव समूह झनै चिँढिने अनुमान पनि गर्न थालिएको छ । 

को हुन् लामा ? 
माइला लामा २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भएका नेता हुन् । तर उनी झिनो मतले पराजित भएका थिए । 

उनले लामो समय माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका थिए । 

Image may contain: 1 person

गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । 

त्यसैगरी जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटको योजनाकार पनि लामा नै रहेको प्रहरीको दावी छ । 

माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा सो समय बम बनाउने क्रममा विस्फोट भई घाइते भएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ