arrow

तातो हावाका कारण अमेरिकामा ६ जनाको मृत्यु

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
America-2014.png.png

वासिङ्टन । अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

तीमध्ये चार जनाको पूर्वी राज्य मेरील्याण्डमा, एक जनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एक जनाको मध्य क्षेत्रको राज्य अर्कान्सासमा भएको हो ।

अमेरिकी फुटबल खेलाडी ३२ बर्षीय मिच पेट्रुसको बिहीबार बेलुका आफ्नो पसलबाट बाहिर निस्केको बेलामा मृत्यु भएको बताइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार एरिजोनामा एक जना प्राविधिकको पनि बिहीबार नै मृत्यु भएको छ ।

बढ्दै गएको तापक्रम शनिबार ३८ डिग्री सेल्सीयससम्म पुगेको र यो अत्यधिक धेरै मानिएको छ । अत्यधिक गर्मीका कारण कतिपय कार्यक्रमहरु स्थगित भएका छन् ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ