arrow

प्रतिभा नक्षत्रको तेश्रो संस्करण अगष्टमा 

logo
सञ्जयभक्त कँडेल, 
प्रकाशित २०७६ साउन ६ सोमबार
prathiva.jpg

लण्डन । सन् २०१७ मा बेलायतमा  स्थापना भई प्रवासी नेपाली माझ चर्चित प्रतिभा नक्षत्रले बहु प्रतिक्षित  कार्यक्रम ‘प्रतिभा नक्षत्र – २०१९’ को  आफ्नो तेश्रो संस्करण तयारी लगभग पुरा गरेको छ । 

भिन्न तर अर्थमुलक संस्थाका रूपमा परिचित प्रतिभा नक्षत्रले दुई  संस्करणलाई सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।  अघिल्लो दुई कार्यक्रमलाई सामुदायिक घर भित्रै सकेको नक्षत्रले यो पटक भने खुल्ला मैदानमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

नक्षत्र टिमले कार्यक्रम आगामी ४ अगष्ट आईतबार ११ बजेदेखि राति ८ बजेसम्म चाल्टर्न पार्कलेनको मेरिडियन स्पोर्ट सोसल क्लबमा आयोजना गर्न लागेको हो ।

अगष्ट ४ मा आयोजना हुन लागेको कार्यक्रममा भाग लिन चाहने युवा तथा वाल प्रतियोगीहरुका लागि आवेदन खुल्ला गरिएको आयोजकले जानकारी गराएको छ । अनलाईन र पेपर फर्म दुवैको व्यवस्था गरेको प्रतिभा नक्षत्रले अनलाईन फर्म भर्न चाहनेको हकमा www.pratibhanakshatra.org बाट कार्म गर्न अनुरोध गरिएको छ ।

कार्यक्रममा नेपाली सँस्कृति बाहेक भिन्न समुदायका पहिचान झल्कने परम्परालाई पनि संस्थाले स्थान दिने भएको हो । सुन्दर अभ्यासबाट भाईचाराको सम्वन्ध स्थापित गर्दै प्रवासमा नेपाली संस्कृति प्रवद्वन र प्रचारलाई बडो रोचकका साथ हेरिएको छ ।

कार्यक्रममा प्रथम हुनेलाई युवातर्फ ५०० पाउण्ड , द्वितियलाई ३०० पाउण्ड र तृतिय प्रतियोगीलाई २०० पाउण्ड , बाल विजय प्रतियोगीहरू प्रथम , द्वितिय र तृतीयलाई क्रमशः ३०० , २०० र १०० पाउण्ड , टोकन अफ लभ , ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले भनेको  छ ।

लामो समयदेखि प्रवासमा बसेका अझै भनु भने प्रवासमै जन्मियका बाबु नानीहरूलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम अर्थपूर्ण हुने आयोजकले दावी गरेको छ । कार्यक्रममा भाग लिन इच्छुक प्रतियोगीले संसारभरबाट आवेदन दिन सक्ने भन्दै आयोजकले अनलाईन फर्मलाई पनि व्यवस्थित गरेको छ ।

नेपाली दुतावास लण्डन, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज , एनआरएनए प्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीय मेयर, काउन्सीलर लगायत देश विदेशबाट पाहुनाले उपस्थिति जनाउने भएपछि आयोजकको व्यवस्थापनमा उच्चबल थपिएको छ । 

सोही अवसरमा  ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई प्रत्यक्ष प्रवद्धन गर्ने गरी नेपाली हस्तकला, खाना, भेषभुषा , संस्कृतिलाई उच्च प्राथमिकताका साथ प्रचार प्रसार गरिने आयोजकले तयारी गरेको छ ।सबै संघ संस्थाहरुसंग सहकार्य गर्दै प्रतिभा नक्षत्रको उद्देश्य र चाहनालाई नेपाली प्रवासी माझ जीवन्त दिन आयोजकले सकारात्मक अभ्यास शुरू गरेको हो ।

संस्थाकी अध्यक्ष तथा सामाजिक अभियन्ता शिम्मी पुन , सम्पूर्ण कार्य समिति तथा संस्थापक परिकल्पनाकार राजेन्द्र खस बस्नेतले प्रतिभा नक्षत्रको बृद्धि विकाश र यसको प्रवद्धनका लागि नेपाली संघ संस्था , एनआर एनए, नेपाली दुतावास बेलायत  लगायत सम्पूर्ण प्रवासी नेपाली र नेपाल सरकारका सम्वन्धित निकायको सहयोगमा प्रतिभा नक्षत्रको दायरा फराकिलो बनाउन सकिने भन्दै यो सामाजिक अभियानलाई सफल बनाउन सबैमा अनुरोध गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ