arrow

बीपी स्मृति दिवसमा फलफूल वितरण

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
BiPi.png

सिराहा । बीपी कोईराला को ३७औ  स्मृति दिवसको अवसर मा गिरिजाप्रसाद कोईराला अध्ययन केन्द्र सिराहाले बिरामीहरू लाई फलफूल वितरण गरेका छन्।

राम कुमार शारदा  उमा प्रसाद मुरारका अस्पताल लहानमा बिरामिलाई फलफूल वितरण  कार्यक्रम सिराहा जिल्ला का पार्टी सभापति रामचन्द्र यादव को प्रमुख आतिथ्य मा भएको हो।

कार्यक्रम मा सभापति यादवले बीपीले देखाएको बाटोमा हिँड्न सके देश र पार्टीलाई राम्रो हुने बताए । कार्यक्रममा नेवि संघका निवर्तमान केन्द्रीय सह महामन्त्री परमेशवर साह, काङ्ग्रेसको जिल्लाका युवा नेता शैलेन्द्र कुमार यादव,पूर्व क्षेत्रीय सभापति बिसुन साह बनिया,पुर्व नगर अध्यक्ष महेश चौधरी ,महासमिति सदस्य देवनाथ यादव,अब्दुल करिम खान,नेवि संघ जिल्ला अध्यक्ष मो मुस्ताक, गोपाल यादव लगायत का नेताको उपस्थिति थियो।

कार्यक्रममा बिरामीलाई जुस, केरा, बिस्कुट स्याउ वितरण गरिएको अध्यन केन्द्र सिराहाका अध्यक्ष सन्जिव कुमार ठाकुरले  बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ