arrow

ट्रम्प–इमरान भेट, कश्मीरमा मोदीले मध्यस्थता खोजेको ट्रम्पको खुलासा, भारतद्धारा खण्डन

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
trump-imran.jpg

काठमाडौं । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग भेट गरेका छन् । 

ह्वाइट हाउस भ्रणमका क्रममा भएको भेटमा ट्रम्पले लामो समयदेखि जारी जम्मू–कश्मीरको द्वन्द्व समाधानका लागि मध्यस्थता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई आग्रह गरेको खुलासा गरेका छन् । 

मोदीसँग हालै भएको कुराकानीलाई स्मरण गर्दै ट्रम्पले लामो समयदेखि भारत र पाकिस्तानबीचको विवाद कायम रहेको देखेर आफूलाई आश्चर्य लागेको बताए ।

उनले भने, ‘यदि म सहयोग गर्न सक्छु भने म मध्यस्थकर्ता बन्न मन पराउँछु। यदि तपाईंहरू मलाई मध्यस्थता गरोस् भन्ने चाहनुहुन्छ भने म मध्यस्थता गर्न तयार छु।’

भारतको खण्डन
ट्रम्पको उक्त भनाइलाई भारतको हेडक्वार्टर दिल्लीले तत्कालै खण्डन गरेको छ। भारतीय विदेश मन्त्रालयले चाहिँ यस्तो कुनै पनि अनुरोध नगरिएको बताएको छ।

उसले भारतले पाकिस्तानसँगका मुद्दाहरूलाई द्विपक्षीय रूपमा मात्र छलफल गर्ने निरन्तर अडान राख्दै आएको स्पष्ट गरेको छ।

इमरानको अमेरिका भ्रमणबाट पाकिस्तानलाई फाइदा

इमरान खानको अमेरिका भ्रमणले पाकिस्तानलाई फाइदा पुगेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपति भएपछि कटौती गरेको सहायतालाई पुनः निरन्तरता दिएका छन् । उनले पाकिस्तानलाई एक अर्ब डलर बराबरको सहायता दिन सकिने बताएका छन् । 

ट्रम्पले दुई देशबीचको सम्बन्ध सुधार भएको समेत बताएका छन् । 

ट्रम्प प्रशासनले यसअघि पाकिस्तानलाई आतङ्कवादीलाई सहयोग गरेको आरोप लगाउँदै गत वर्ष इस्लामाबादलाई दिँदै आएको सहायता कटौती गरेको थियो।

पाकिस्तानले भने यो आरोपलाई नकार्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ