arrow

तिलगंगा आँखा प्रतिष्ठान २५ वर्षमा, डब्लूएचओद्धारा कोल्याबोरेटिङ्ग सेन्टरको मान्यता

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार

काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गरे वापत विश्व स्वास्थ्य संगठनले तिलगंगा आँखा प्रतिष्ठानलाई आफ्नो कोल्याबोरेटिङ्ग सेन्टरको रुपमा मान्यता दिएको छ । नेपालमा आँखाको क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो नेपाली संस्थाको रुपमा रहेको छ । 

प्रतिष्ठानको २५ औं वर्षगाठँको अवसर परेर प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रतिष्ठानको प्राङ्गणमा सोमबार नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत तिलगंगा आँखा अस्पताललाई, विश्व स्वास्थ्य संगठनको कोल्याबोरेटिङ्ग सेन्टरको रुपमा मान्यता दिएको घोषणा गरिएको हो । 
विश्व स्वास्थ्य संगठनले प्रतिष्ठानका मुख्य तीन विधाहरुमा कोल्याबोरेटिङ्ग सेन्टरको रुपमा मान्यता दिएको हो । आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात् आँखाको प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धानमा कोल्याबोरेटिङ्ग सेन्टरको रुपमा मान्यता दिइएको हो ।  

प्रतिष्ठानले आँखा स्वास्थ्यको विशिष्ट सेवाहरु आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा,आँखाको प्लाष्टिक सर्जरी,बाल आँखा, रिफ्याक्टिभ लेजर सर्जरी, आँखाको क्यान्सर साथै सामुदायिक आँखा सेवामा विशिष्ट तालिम प्राप्त नेत्र विशेषज्ञद्धारा सेवा प्रदान गरिरहेको छ । 

आँखा सेवाको लागि चाहिने सबै प्रकारको जनशक्ति जस्तै नेत्र रोग विशेषज्ञ, अप्ट्रोमेट्रीष्ट, नेत्र सहायक, आँखा        स्वास्थ्य कार्यकर्ता, फेलासिपको माध्यमबाट आँखा क्षेत्रको प्राविधिक जनशक्तिको उत्पादन गरिरहेको छ । 

त्यस्तै नेत्ररोग विशेषज्ञ, अप्ट्रोमेट्रीष्ट,नेत्र सहायक, मेडिकल विद्यार्थी, नर्स, स्वयंसेविका, सामुदायिक स्वास्थ्य कार्यकर्ता,सामुदायिक आँखा हेरचाह व्यवस्थापक आदिलाई छोटो तथा लामो अवधिको विभिन्न तालिमहरु प्रदान गरिरहेको छ । 

हालसम्म स्वदेश र विदेशका गरी ६११ जना नेत्र रोग विशेषज्ञ, ७३२ जना आँखा स्वास्थ्यकर्मी,१०,३०५ सामुदायिक स्वास्थ्य कार्यकर्ता र ६,९१६ मेडिकल स्टुडेन्टहरुलाई लामो, छाटो तथा अवलोकन तालिम प्रदान गरिसकेको छ । 

प्रतिष्ठान, नेपालमा आँखा स्वास्थ्यको अनुसन्धानमा नेतृत्व गर्ने संस्थाको रुपमा परिचित छ । समयानुसार देखिने रोगहरुको अनुसन्धनात्मक परिक्षण तथा सोध गरी आवश्यक अनुरुपको प्रविधि र प्रक्रिया मार्फत जटिल रोगको निदान गर्न अनुसन्धान विभाग सफल हुदै आएको छ । हालसम्मे २१० प्रोजेक्टहरुको सफल अनुसन्धान गरि १८३ वटा शोध लेखहरु प्रकाशित गरिसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ