arrow

वडाअध्यक्षको निधनमा फिदिम नगरपालिकामा एक दिने शोक विदा

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७६ साउन ७ मंगलबार
harka_moktan.jpg

पाँचथर । फिदिम नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हर्कबहादुर मोक्तानको निधन भएको प्रति नगरपालिकाले एक दिन शोक विदा दिएको छ ।

नगरपालिका स्तरीय निर्णय अनुसार फिदिम नगरपालिकाको कार्यालय,मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थामा विदा दिने निर्णय गरेको नगर प्रमुख ओनाहाङ नेम्बाङ्गले बताए ।

 यस्तै फिदिम नगरपालिकाका १४ वटै वडाहरुमा मंगलबारदेखि ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत भएको नगरपालिकाले जनाएको छ ।

यस्तै हेवाखोलामा १२.३० बजे गरिने अन्त्येष्टी कार्यक्रमा नगर प्रमुख नेम्बाङ्गले निधन भएका वडा अध्यक्ष मोक्तानको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउने र नगर प्रहरीले सलामी दिने कार्यक्रम तय भएको नगर प्रमुखका स्वकिय सचिव इन्द्र गुरुङले जानकारी दिए ।

निधन भएका वडाअध्यक्ष मोक्तानको हेवाखोलामा १२.३० बजे अन्तेष्टी गरिने

फिदिम नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष तथा फिदिम नगरसभापति हर्कबहादुर मोक्तानको दिउँसो हेवाखोलामा दाहासंस्कार गरिने भएको छ ।

उहाँको पार्थिब शरिर फिदिम १ बुद्धमार्ग स्थित निजी निवास बाट आज बिहान ११ बजे बजेको साईतमा निकाल्ने र दाह संस्कार कार्य हेवाखोला घाटमा १२.३० बजे हुने परिवारजनले जानकारी दिएका छन् ।

यस्तै वडाअध्यक्ष मोक्तानको अन्तिम श्रद्धाञ्जली अर्पण तथा शोकसभा कार्यक्रम फिदिम १, बुद्धमार्ग स्थित वहाँको निजी निवासमा दिनको ठिक १०.४५ वजे हुने भएकोले पार्टी पंक्तिका सबैमा उपस्थितिका लागि नेपाली काग्रेस जिल्ला कार्य समिती पाँचथरले अनुरोध गरेको छ ।

 वि.स. २००५ साल मंसिर १६ गते जन्मिएका मोक्तानको हिजो बेलुका निजी निवास फिदिम १ बुद्धमार्गमा ७१ वर्षमो उमेरमा निधन भएको थियो । गत एक वर्षदेखि मुटु र प्रेसर रोगबाट मोक्तान थलिएका थिए ।

मोक्तानका एक छोरा,चार छोरी र श्रीमती छन् । ०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा मोक्तानले तत्कालिन नेकपा एमालेका उम्मेद्धवार गजाधार भटट्राईलाई ५ मतले हराउँदै वडाअध्यक्षमा निर्वाचित भएका थिए । 

१२ वर्ष अघि ०६४ सालमा राप्रपाबाट नेपाली काग्रेसमा प्रवेश गरेका मोक्तान राजनितीमा सक्रिय थिए । ०५४ सालको स्थानिय निर्वाचनमा पनि एमालकै उम्मेद्धवार भट्टराईलाई ६ मतले पराजित गर्दे वडाअध्यक्ष भएका थिए । काग्रेसको १२ औ अधिवेशनमा फिदिम नगरको कार्यबहाक सभापति र १३ औ अधिवेशन बाट उनी नगरको सभापति भएका थिए । 

शालिन ब्यक्तित्व, हक्की स्वाभाव, इमान्दारिता र निष्ठाको राजनीति गर्ने मोक्तानको निधनले काग्रेसमा अपुरणीय क्षति पुर्याएको काग्रेस जिल्ला सचिव रुपनारायण जवेगु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ