arrow

गाँउपालिकाको गाडीमा तेल भन्दै पानी हालेर पठायो पम्पले, गाडी थन्कियो

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
petrol.jpg.jpeg

ओखलढुंगा । ओखलढुंगाको हर्कपुर स्थित अर्पण पेट्रोल पम्पले मानेभञ्ज्याङ गाँउपालिकाको गाडीमा तेल संगै पानी मिसाएर हालेको छ । पेट्रोल हल्न पम्पमा गएको गाँउपालिकाको गाडीमा पम्प सञ्चालकले आइतबार पानी हालेको हो ।

ओखलढुंगा र उदयपुरको सिमाना सुनकोशी किनारमा रहेको उक्त पम्पमा तेल हाल्न पठाएको गाडीमा पानी मिसाए हालेको पाइएको मानेभञ्ज्याङ गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष हेमराज राइले बताए ।

करिव दुइ हप्ता सम्मको बाढी पहिरोले रोकेर काठमाण्डौबाट फर्कीएकै दिन पम्पले पेट्रोलमा पानी मिसाएर हालेपछि गाँउपालिकाको गाडी नै बन्द भएको राइले बताए ।  पम्पले नियतबस गाडीमा ६५ लिटर पानी भरेर पठाएको उनको आरोप छ । ‘‘तेल हाल्न पठाएको गाडीमा पानी भरेछ ।’ उनले भने यसरी लापरवाही गर्ने पम्प सञ्चालकलाइ कारवाही हुनु पर्छ ।” इन्धनमा पानी मिसाएर गाडीमा लगाएर पालिकाको गाडी बन्दभएपछि पम्पवालाले रातारात पम्प सफा गरेको उनको आरोप छ ।

 मानेभञ्ज्याङ गाँउपालिका वडा नम्बर ७ टोक्सेलमा रहेको उक्त पेट्रोल पम्पबाट पेट्रोल  हालेर एक सय मिटर अघि बढेको गाडी एक्कासी बन्द भएपछि इन्जीनियर बोलाएर चेक जाँच गर्दा पेट्रोल संगै पानी परेको बताएको गाँउपालिकाका प्रमुख मोतिराज राइले जानकारी दिए ।

 पेट्रोलमा पानी मिसीएर गाडी विग्रीएको इन्जिनियरले जानकारी दिएपछि पम्पवालाले समेत पानी मिसिएको स्वीकार गरेको उनको भनाइ छ । अहिले गाडी चै कण्डीसनमा आएको छ तर पेट्रोल पम्प सञ्चालकले स्वीकार गरी कागज गरेको र त्यसको थप अनुसन्धानको प्रकृया अधि बढाइएको गाँउपालिका प्रमुख राइले बताए ।

अर्पण पेट्रोल पम्पका सञ्चालक अर्जुन गौतम हुन् तर हाल उक्त पम्प सिन्धुलीको पिक्कल गाँउपालिकाका  दाजुभाइ रामेश्वर र परमेश्वर वरालले भाडामा लिइ सञ्चालन गर्दै आएका छन् । पेट्रोलमा पानी मिसिएको विषयमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले पानी मिसाएको भन्ने जानकारी आएकाले पम्प सञ्चाललाई थप बुझ्नका लागि बोलाएको बताए । यदी उक्त घटना वास्तविक भए कानुन अनुसार कारवाही हुने आचार्यले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ