arrow

हवाइ आक्रमणमा कमाण्डरसहित तीन मारिए

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
siriya2.jpg

अफगानिस्तान । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमाण्ड प्रान्तको मार्जा जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका इलाका लक्ष्यगरी गरिएको हवाइ आक्रमणमा एक समूह कमाण्डरसहित तीन तालिबान लडाकू मारिएका छन् ।  

अफगान सेनाले मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ ।  जारी विज्ञप्तिका यस हवाइ आक्रमणमा मारिएका तालिबान कमाण्डरको नाम फारिद रहेको जनाइएको छ  ।

प्रायःअशान्त अवस्थामा रहने हेलमाण्ड प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुर्नै टिप्पणी गरेका छैनन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ