arrow

एक शिशु, जसलाई ''खास साथी'' भन्दै मोदीले संसदमै लगे, तस्वीर भयो भाइरल

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
modi-bachha.JPG

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको हरेक दिन एक जना अतिथिहरुसँग भेटघाट गर्दै आएका छन् । यस्ता अतिथिहरुमा विदेशी महत्वपूर्ण पाहुनाहरुदेखि लिएर सामान्य नागरिकहरु पनि हुनसक्छन् । तर, मंगलबार भारतको लोकसभामा मोदीले लिएर गएको नयाँ पाहुना देखेर धेरै अचम्ममा परे । 

अक्षरपनि चिन्न नसक्ने एक शिशुलाई लिएर मोदी संसदमा गएका थिए । संसदमा उनी सोही शिशुसँग रमाईलो गरिरहेको अवस्थामा देखिन्थे । त्यो तस्वीर मोदीले आफ्नो इन्स्टाग्राममा राखेका छन् । त्यो शिशुको हो भन्नेबारेमा मोदीले केही पनि लेखेका छैनन् । यद्यपि मोदीसँग बस्ने ती शिशुको तस्वीर भने सामाजिक सञ्जालमा भाइरल भएको छ । 

इन्स्टाग्राममा यो तस्वीरलाई साझा गर्दै प्रधानमन्त्रीले क्याप्सनमा लेखेका छन् 'आज संसदमा एक खास साथीसँग भेट गर्नको लागि आएका छन् ।' सो तस्वीरमा केही चकलेट पनि राखिएको देखिन्छ । मोदीको बच्चासँगको प्रेमबारे त यस अघि पनि धेरै तस्वीरहरु बाहिर आउने गरेका छन् । कहिले रक्षा बन्धनमा साना बच्चीहरुसँग गएर रक्षा बन्धन लगाउनेदेखि गणतन्त्र दिवसको दिन प्रोटोकल मिचेर बच्चाहरुसँग खेल्न जानेसम्मको कामपछि मोदीको बच्चाप्रेमको बारेमा धेरै जानकारी बाहिर आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ