arrow

कर्नाटकमा सत्तापक्ष-प्रतिपक्ष कार्यकर्ताहरुबीच झडप सुरु, बेङ्लुरुमा धारा १४४ लागू

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
karnataka1.jpg

काठमाडौं । सत्ता संघर्षको कारण चर्किँदै गएको राजनीतिक संकट विद्रोहमा उत्रिएपछि कर्नाटकको स्थिति असामान्य बन्न पुगेको छ । अल्पमतमा परेको कुमारस्वामी नेतृत्वको काँग्रेस सरकारलाई विश्वासको मतदिन विपक्षी भारतीय जनता पार्टीले दबाब दिईरहेको छ भने संसदको प्रक्रिया दिनहुँ सुरु हुँदै बन्द हुँदै आईरहेको छ । 

अहिलेकै अवस्थामा मतदानमा जाने हो भने कुमारस्वामी नेतृत्वको काँग्रेस सरकारले बहुमत पाउने सम्भावना कम देखिन्छ । १३ जना सांसदहरुले राजीनामा दिएर मुम्बईको एक होटलमा बसेपछि यस अघि बहुमतमा रहेको काँग्रेस सरकार समेत अल्पमतमा परेको हो । त्यसपछि सत्ता ढाल्नको लागि सक्रिय भाजपा र सत्ता टिकाउनको लागि सक्रिय काँग्रेसबीचको मतभेद हिंसामा नै उत्रिने अवस्था आएपछि त्यहाँ धारा १४४ लागू गरिएको छ । 

सीआरपीसीको रुपमा आउनेवाला धारा-१४४ शान्ति व्यवस्था कायम गर्नको लागि लगाइने व्यवस्था हो । यो व्यवस्था अनुसार जिल्ला अधिकारीले एक नोटिस जारी गरेर यो व्यवस्था लागू गराईन्छ । यस्तो नियम लागेको ठाउँमा ४ जना भन्दा बढी मानिसहरु सँगै हिँड्न सक्दैनन् र उनीहरुले कसैले पनि हतियार बोक्न पाउँदैनन् । यस्तो भएको खण्डमा प्रहरीले तत्कालै कारबाही गर्न सक्छ । 

यही नियम अहिले कर्नाटकमा पनि लागू गरिएको छ । बेङ्गलुरुमा राजनीतिक पार्टीका कार्यकर्ताहरुबीच  झडप सुरु भएको छ । बेङ्गलुरुका प्रहरी आयुक्त आलोक कुमारका अनुसार स्थितिलाई सामान्य बनाउनको लागि बेङ्गलुरुमा मंगलबार र बुधबार धारा १४४ लागू गरिएको छ । साथमा सबै मदिराका पसलहरु ३ दिनको लागि बन्द गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ