arrow

‘बुचर अफ बेइजिङ’ ली फङ रहेनन्

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
li-peng.jpg

बेइजिङ । चिनियाँ पूर्व प्रधानमन्त्री ली फङको निधन भएको छ । चीनको राष्ट्रिय जन काङ्ग्रेस एनपीसी स्थायी समितिका पूर्व प्रमुखसमेत भएका लीको ९०  बर्षको उमेरमा निधन भएको हो । 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति, चीनको राज्य परिषद, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषदका पूर्व प्रधानमन्त्री ली को मृत्यु भएको जानकारी गराइएको हो। 

उनको सोमबार राति ११ बजेर ११ मिनेट जाँदा बेइजिङमा निधन भएको उल्लेख गरिएको छ।

विवरण नखुलेको रोगका कारण सोमवार साँझ लीको निधन भएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

उनी चीनका अन्य शीर्ष पदहरूमा सन् १९८० र १९९० को दशकमा काम गरेका थिए।

तर सन् १९८९ मा बेइजिङको तियानआन्मेन स्क्वाएरमा प्रजातन्त्र पक्षधरहरू माथि भएको दमनका लागि उनी ‘बुचर अफ बेइजिङ’को नाममा सबैभन्दा बढी चिनिन्छन् ।

सेनाले हजारौं निशस्त्र नागरिकहरूको हत्या गरेको बताइए पनि अहिलेसम्म मृतकको यकिन तथ्यांक बाहिर आएको छैन । 

लीले प्रदर्शन नियन्त्रण गर्नका लागि सैन्य कानुन लगाएका थिए। सन् २०१७ मा सार्वजनिक केही अभिलेखका अनुसार सो घटनामा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । 

तर मृत्यु हुने व्यक्तिको सङ्ख्या भने आजसम्म पनि स्पष्ट भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ