arrow

कर्नाटकमा काँग्रेस नेतृत्वको सरकार ढल्यो, सरकार गठनमा जुट्यो भाजपा

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
kumar-swami.jpg

काठमाडौं । कर्नाटकमा एच. डी. कुमारस्वामीको सरकार ढलेको छ । विधानसभामा मंगलवार मुख्यमन्त्री कुमारस्वामीको नेतृत्वमा काँग्रेस र जेडी(एस) को गठबन्धन सरकारमाथि विश्वासको मत हासिल भएन । विश्वास मतको विरोधमा १०५ मत प्राप्त भयो भने समर्थनमा केवल ९९ मत आएको छ । गठबन्धन सरकार कूल ६ मतले पछि परेको छ जसले उनलाई विश्वास गर्न सकेन । बीजेपीले सरकार ढलेसँगै आफू कर्नाटकमा सरकार बनाउने दाबी पेश गर्नेछ । 

भारतीय जनता पार्टी (बीजेपी) स्रोतका अनुसार बुधवार पार्टी पर्यवेक्षक बेङ्गलुरु जानेछन् । पर्यवेक्षक समेत विधायक दलको बैठकमा समेत सामेल हुनेछ । विधायक दलको बैठकमा बीएस येदियुरप्पा नेता चुनिने छ । येदियुरप्पा शुक्रवार मुख्यमन्त्री पदको शपथ लिन सक्छन् । येदियुरप्पाले यस सम्बन्धमा पार्टी नेताहरुको सूचित गरेका छन् । 

यस सवालमा के केन्द्र सरकार कर्नाटकमा राष्ट्रपति शासन लगाउँछ ? भन्ने प्रश्न पनि आएको छ । मोदी सरकार उच्च स्रोतका अनुसार राष्ट्रपति शासनको कुनै सम्भावना छैन । हामी कुमारस्वामीको राजीनामालाई राज्यपालले स्वीकार नगरुन्जेल कुर्नुपर्ने देखिन्छ । कर्नाटकको राजनीतिको बीजेपीको सबैभन्दा ठूलो अनुहार बीएस येदियुरप्पा ३ पटक मुख्यमन्त्री बनिसकेका छन् । उनैलाई नयाँ मुख्यमन्त्री बनाउने तयारीमा उनीहरु रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ