arrow

प्राविधिक समस्या देखिएपछि जहाज आकस्मिक अवतरण

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
501346897.jpeg
काठमाडौँ । काठमाडौँबाट हङकङका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ । शनिवार बिहान ११ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङ्कङका लागि उडेको एसएसडब्ल्यु ४०९ एयरबसमा एक प्रकारको गन्ध आएपछि फर्काइएको हो । “विमानमा एक प्रकारको गन्ध आएपछि चालक दलले जहाजलाई विमानस्थल फर्कायो, हाल प्राविधिक परीक्षण भइरहेको छ”–निगमका प्रवक्ता रामहरि शर्माले भने “विमान उडेको करिब ५५ मिनेटमा समस्या देखिएको पत्ता लागेको थियो ।” 

प्रवक्ता शर्माले जहाजमा देखिएको समस्या के हो भन्ने बारेमा प्राविधिक परीक्षण नगरी केही भन्न सकिने अवस्था नभएको बताए । चालक दलले विमान आकस्मिक अवतरणका लागि आग्रह गरेपछि केही बेर विमानस्थलमा अन्य सेवा प्रदायकका जहाजको उडान र अवतरणसमेत स्थगन गर्नुपरेको थियो । 

विमानको आकस्मिक अवतरण गर्नुपर्ने भएपछि विमानस्थलमा अग्निनियन्त्रक सवारी र अन्य अत्यावश्यकीय व्यवस्था समेत गरिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ