arrow

दोर्दी खोलाले बगाउँदा दोर्दी ए जलविद्युत आयोजनाका चार मजदुरको मृत्यु सात वेपत्ता

logo
प्रकाशित २०७६ साउन ९ बिहिबार
lamjung-district.png

लमजुङ । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ ।

दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदारहरुको मृत्यु भएको हो । 

प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईका अनुसार चार जनाको शव फेला परेको र सात जना बेपत्ता रहेका छन् । 

उनका अनुसार दुई जनाको शव नौथर शेरा र दुई जनाको शव कीतिपुर बेसीमा फेला परेको हो। मृतक सबै पुरुषहरु हुन् । 

बेपत्ताहरुको खोजी भइरहेको छ । बाढीले बगाउँदा नौ जना घाइते भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ