arrow

एसपी पाण्डेद्धारा मोडिफाइ गरी सवारी चलाउने र आपराधिक काम गर्ने विरुद्ध कारबाही तीव्र

logo
सागर थापा, सन्दिप योगी,
प्रकाशित २०७६ साउन ९ बिहिबार
sp-belbahadur-pandey.jpg

दाङ । दाङ जिल्लाको सुरक्षा क्षेत्रलाई मध्यनजर गर्दै संचालनमा आईरहेको विभिन्न ट्राफिक सचेतना गतिविधिहरु मध्य ट्राफिक सुरक्षा र दुर्घटना रोकथाम र आपराधिक कार्यहरूको न्यूनीकरणको उदेश्यले जिल्ला प्रहरी कार्यालय दाङले कार्वाही तीव्र सुरु गरेको छ ।

ध्वनि प्रदुषण बढाउने र मोटरसाइकलको रङ्ग र त्यसको आकार प्रकारमा फेरबदल गर्ने माथि यो कार्वाही गर्न थालेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले हाम्राकुरा डट कमसंग कुरा गर्दै जानकारी दिएका हुन् । 

उनका अनुसार मोटरसाइकलका हर्न साइलेन्सर स्टिकर रंगरोगन इत्यादि लगाउने कृयाकलापलाई रोक्न दाङ प्रहरीले यो अभियान थालेको हो ।

यस्ता किर्याकलापले गर्दा सवारी दुर्घटना र आपराधिक गतिविििधमा वृद्धि हुने भएकोले यसको रोकथामको लागि आफुहरुले यो चेकजाँच र कार्वाहीमा बढी ध्यान दिएको एसपी पाण्डेले बताए ।

यस्तो कार्य गरेकालाई कार्वाही थालेको र मोटरसाइकल मोडीफाई गर्ने मेकानिक र सवारी साधन माथि कडा निगरानी एवं कर फेल चोरीको मोटरसाइकललाई समेत निगरानी गर्दै आएको बताएका छन् । 

त्यस्ता गतिविधि गर्ने ब्यक्तिलाई कार्वाही गरी मोटरसाइकल समेत नियन्त्रणमा लिएको उनले जानकारी दिए । कयौं मोटरसाइकल चालक त चेक जाजको क्रममा फरार हुने गरेको पनि उनले जानकारी दिए ।

दाङ जिल्लाको पनि शान्ति सुरक्षालाई मध्यनजर गरि सन्चालनमा आइरहेको शान्ति सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत सवारी दुर्घटना र आपराधिक क्रियाकलाप  न्यूनिकरणको आधारमा यो अभियान थालिएको हो । 

अरु क्षेत्र भन्दा सुरक्षामा अलि बढी ध्यान दिनुपर्ने आवश्यकता रहेका कारण आफुहरु यसमा बढी केन्द्रित रहि कार्यक्रम अगाडि बढाउँदै गरेको दाङ प्रहरी प्रमुख एसपी पाण्डेको भनाई छ ।

पहिलेको तुलनामा यस्ता ट्राफिक नियमको उल्लंघन सवारी दुर्घटना र आपराधिक गतिविधि जस्ता कार्यमा कमी ल्याउन यस अभियानमा सबैको विशेषगरि मिडियाको साथ र सहयोगको आवश्यकता रहेको र समाजलेनै साथ दिए सबै खाले कामकारबाहीमा प्रहरी सफल हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ