arrow

केसीसी एक्जिबिट २०१९ सुरु

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
KCC_Exhibit_2019.jpg

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेजले दुई–दिने एक्जिबिट तथा टेक्नोलोजी फर सस्टेनाविलिटी सम्मेलन आयोजना गरेको छ । 

शुक्रबार र शनिबार गरी दुई दिन हुने उक्त उक्जिबिटमा दीगोपनबारे विभिन्न पक्षबाट छलफल गर्न लागेको हो । 

यस दुई दिनमा २५,००० भन्दा बढी विद्यार्थी तथा युवाहरूले उक्त प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
एक्जिबिटको बिहान ९ बजे युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्दैछन् । 

कार्यक्रमलाई विविधता दिन विभिन्न परियोजना प्रदर्शनी, सम्मेलन, खेलकुद, सांगीतिक कार्यक्रम र खाना महोत्सवसमेत हुनेछ । 

इन्जिनियरिङ, सूचना प्रविधि, व्यवस्थापन र आमसञ्चार तथा पत्रकारिता लगायत विषयमा स्नातकदेखि स्नातकोत्तर तहमा ९०० जना विद्यार्थी अध्ययनरत रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ