arrow

जन्मदिनको खर्च पहिरो पीडितलाई, सहयोगका लागि सबैलाई आग्रह

logo
कौरव खत्री, 
प्रकाशित २०७६ साउन १० शुक्रबार
yograj_kadel.jpg

गुल्मी । हेलिकप्टर एसोसियसन अफ नेपालका महासचिव योगराज शर्मा कँडेलले आफ्नो जन्मदिनको लागि आफूले छुट्याएको रकम बाढी पीडितलाई सहयोग गर्ने भएका छन् ।

गत सोमबार राति परेको अविरल वर्षा र त्यसले गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ मा पुर्याएको क्षतिमा प्रभावित पहिरो पिडित परिवारलाई सहयोग स्वरुप जन्मदिनको रकम जम्मा गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य समेत रहेका कंडेलले व्यक्तिगत रुपमा ५५ हजार सहयोग गर्ने निर्णय गरेका हुन् भने यस बिपत्तिमा सहयोग गर्नका लागि सहयोग अभियान मार्फत सबैलाई समेत आग्रह गरेका छन् ।

साथै शर्माले मानव सेवा नै जीवनको सवै भन्दा ठूलो धर्म हो भन्दै उनले अन्य सहयोगी मनहरुलाई समेत यस बिपतको अवस्थामा सहयोग गर्न आग्रह गर्दै सानीमा वैंक लि. खता नंं. ००१०००९३९०४१२ मा सक्दो सहयोग र्न समेत आग्रह गरेका छन् ।

उनको अग्रहलाई देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको समेत उनले खुलाएका छन् । शर्माका अनुसार हालसम्म करिव २ लाख रकम संकलन भइसकेको र यो रकमले पहिरो प्रभावित क्षेत्रमा पुगेर मृतकका परिवार तथा प्रभावितहरुलाई त्यहाको अवस्था र स्थानिय निकायको समन्यवमा आवश्यक पहल गरिने बताए ।

पहिरोका कारण झण्डै ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई अस्लेवा, रामबारी, धर्मपुर माध्यामिक विद्यालय, ढुङ्गाचाल्ने, भानु प्राथमिक विद्यालय, धर्मपुर प्राथमिक विद्यालय र सरस्वती माध्यामिक विद्यालय लगायतका स्थानमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ