arrow

घरायसी काम गर्ने पुरुषलाई कम यौन आनन्द !

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
americanman.jpg.jpeg
एजेन्सी। ‘‘नर्कतर्फ जाने बाटो पनि राम्रै उद्देश्यले बनेको हुन्छ’’, अमेरिकी विवाहित पुरुषहरू यस्तै भन्छन् । उनीहरूको भागमा घरको काम बढी तथा यौन आनन्द कम भएको उनीहरूले बताएको बुधबार प्रकाशित समाजशास्त्रसम्बन्धी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 
प्रतिवेदनमा परम्परागत रूपमा महिलाले गर्ने खाना पकाउने, सफाइ गर्ने तथा खरिददारी गर्ने जस्ता घरेलु काममा अधिक समय विताउने पुरुषले शारीरिक काम गर्ने पुरुषको तुलनामा कम यौन आनन्द लिन पाएको उल्लिखित छ र यो प्रतिवेदन अमेरिकन सोसियोलोजिकल रिभ्युमा प्रकाशन भएको छ ।  
 
विपरित लिङ्गबीच वैवाहिक सम्बन्ध स्थापना भएको परिवारमा यौनसम्पर्कको आनन्दका लागि लैङ्गिक भूमिकालाई सामाजीकृत गर्नु महत्वपूर्ण हुनथालेको अध्ययनबाट देखिएको जानकारी म्याड्रिडस्थित हुवाँ मार्च इन्स्टिच्युटको सेन्टर फर एडभान्स स्टडिजका अनुसन्धानकर्ता साबिनो कोर्निकले बताए । परम्परागत रूपमा महिलाले गर्ने घरेलु काममा भाग लिने पुरुषले यौनसम्पर्कको आनन्द कम लिने गरेको देखिएको कोर्निकले उल्लेख गरे । 
 
कोर्निकले खेतमा काम गर्ने, बिल तिर्ने तथा गाडी मर्मत गर्ने जस्ता परम्परागत रूपमा पुरुषले गर्ने काम गर्ने पुरुषले भने बढी यौनसम्पर्कको आनन्द लिने गरेको पनि उल्लेख गरे । ‘‘इगालिटेरियानिजम, हाउसवर्क एण्ड सेक्सुयल फ्रिक्वेनी इन म्यारिज’’ नाम दिइएको समानता, घरेलुकाम तथा वैवाहिक सम्बन्धमा यौनसम्पर्कको दरका विषयमा गरिएको यो अध्ययन अमेरिकी विवाहित दम्पतीमा आधारित छ । यसका लागि तथ्याङ्क नेसनल सर्भे अफ फेमिलिज एण्ड हाउसहोल्ड (घरपरिवारका विषयमा राष्ट्रिय सर्वेक्षण) बाट प्राप्त भएको छ । 
 
यस अध्ययनमा वासिङ्टन विश्वविद्यालयको समाजशास्त्री जुलिया ब्रिनस तथा क्याट्रिन लेउपले पनि भाग लिएका थिए । अध्ययनमा पुरुषले प्रति महिनामा ५.२ पटक यौनसम्पर्क गरेको बताएका छन् भने महिलाले ५.६ पटक यौनसम्पर्क गरेको उल्लेख गरेका छन् । यस सर्वेक्षणभन्दा एक महिना अगाडि गरिएको अध्ययनमा परम्परागत रूपमा श्रम विभाजित भएको घर परिवारमा भने दम्पतीबीच बढीपटक यौनसम्पर्क हुने गरेको देखिएको छ । यसअघिका अध्ययनहरूमा भने घरेलु श्रममा पुरुष सहभागी हुने घरमा महिलाले वैवाहिक सन्तुष्टि बढी प्राप्त गरिरहेको देखिएको थियो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ