arrow

नेपाल स्वास्थ्यकर्मी संघको सातौं महाधिवेशन कार्तिकमा हुने

logo
प्रकाशित २०७६ साउन ११ शनिबार
hepon-news.jpg

काठमाडौं। नेपाल स्वास्थ्यकर्मी संघ (हिपोन) को सातौं महाधिवेशन आगामी कार्तिकमा हुने भएको छ। संघको सातौं राष्ट्रिय (संघीय) महाधिवेशन २०७६ कार्तिक २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो । 

नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध संघले स्थानीय/प्रतिष्ठान, जिल्ला र प्रदेश भरको आफ्नो अधिवेशन गरी सोबाट चुनिएर पठाएका प्रतिनिधि स्वास्थ्यकर्मीहरुको उपस्थितिमा महाधिवेशन काठमाडौंमा हुने संघका केन्द्रीय महासचिव दिपक मुडभरीले जानकारी दिए। 

बैठकले संघका सह अध्यक्ष कृष्णप्रसाद नागिलाको संयोजकत्वमा १० सदस्यीय निर्वाचन तयारी समिति समेत गठन गरेको छ। महासचिव मुडभरीका अनुसार सेवाग्राही लाई गुणस्तरिय र भरपर्दो स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीको वृद्धि र विकास,पेशागत हकहित समय समयमा क्षमता अभिवृद्धीको तालिम, प्राइभेट स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको न्यूनतम सेवा सुविधाको ग्यारेन्टी लगायतका विषयमा अधिवेशनमा व्यापक छलफल र बहस हुनेछ। संघ देशैभरकै पुरानो र धेरै सदस्य रहेको २०४८ सालमा स्थापना भयको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ