arrow

समाचार लेखेको आधारमा गाउँपालिकाद्वारा पत्रकारसँग स्पष्टिकरण, युनियको आपत्ति 

logo
प्रकाशित २०७६ साउन ११ शनिबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । तेह्थुम आठराई गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रको समाचार लेखेको आधारमा जिल्लाका पत्रकार अमृत बास्तोलालाई दिइएको धम्कीप्रति प्रेस युनियनले ध्यानाकर्षण जनाएको छ। शनिबार युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ती जारी गरी बास्तोलालाई दिइएको धम्कीप्रति आपत्ति जनाएका हुन् । 

गत साउन १ गते राति विरामी र सर्वसाधारणलाई असर पुग्ने गरी केन्द्रकै डा सन्तोष साहले पार्टी सञ्चालन गरेको विषयमा स्थानीय हाम्रो सवाल अनलाइनमा बास्तोलाले समाचार प्रकाशित गरेका थिए । समाचार पछि हाम्रो सवालका सञ्चालक तथा सम्पादक एवं स्थानीय एक विद्यालयका शिक्षक समेत रहेका बास्तोलाको अनलाइनमा आएको समाचारपछि गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले सामाजिक सञ्जालमा मनगढन्ते प्रचार गरेको भन्दै बास्तोला स्पष्टिकरण समेत सोधेका थिए । यसरी गाउँपालिका प्रमुखले स्पष्टिकरण सोधेको प्रति समेत युनियनले गम्भीर ध्यानाकर्षण जनाएको छ । 

युनियनले स्वास्थ्य संस्थाजस्तो संवेदनशिल क्षेत्रमा विरामी तथा अन्य स्थानियलाई पनि असर हुनेगरी ध्वनी प्रदुषण गराई मध्यरातसम्म पार्टी आयोजना गरिएको विषयमा समाचार प्रकाशित भएपछि पत्रकारलाई धम्क्याउने र मानसिक तनाव दिने स्वास्थ्य केन्द्र र गाउँपालिकाको तर्फबाट भएको संस्थागत हस्तक्षेपको युनियन आपत्ति समेत प्रकट गरेको छ । युनियनले स्वास्थ्य संस्था परिसरमै होहल्ला र पार्टी गर्ने चिकित्सकलाई कारबाही गर्नुको सट्टा गाउँपालिका अध्यक्षको चिकित्सकसँगको मिलेमतोमा शंकास्पद व्यवहार देखाएको ठहर समेत गरेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ