arrow

फेसबुकबाट टाढिदै युवा, ४५ कटेकाको बढ्यो आकर्षण

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
facebook-user.jpg

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट ‘टिनएज’का युवा टाढा भइरहेको एक अध्ययनले देखाएको छ । कन्सल्टेन्सी इमार्केटरका अनुसार ६० वर्षका वृद्धको तुलनामा १६ वर्षका अमेरिकी फेसबुक कम मन पराउँछन् ।

१२ देखि १७ वर्षको आयु भएको युवामध्ये एक महीनामा कम्तीमा एकपटक फेसबुक खोल्नेको संख्या ३९ प्रतिशत थियो । सन् २०१५ मा यो संख्या ६० प्रतिशत थियो । ४५ देखि ६० वर्षको उमेरका मानिसमा भने यो आँकडा ५८ प्रतिशत थियो ।

प्राप्त अथ्यांक अनुसार विश्वका अन्य मुलुकमा पनि यस्तै किसिमको ट्रेन्ड चलिरहेको छ । फेसबुकले सन् २०१९ को पहिलो तीन महीनामा २ अर्ब नक्कली प्रोफाइल बन्नबाट रोकेको बताएको छ । सन् २००३ मा मार्क जुकरवर्गले हार्वर्डमा आफ्ना साथीहरुसँग क्षमता आकर्षणको र्‍यांकिङका लागि फेसमाश डटकमको योजना अघि सारेका थिए । तर, कलेजले त्यसलाई डिलिट गरेको थियो ।

पछि उनले फेसबुकको योजना अघि सारेका थिए । सन् २००६ मा यो प्लेटफर्ममा १ करोड प्रयोगकर्ता थिए । अहिले यो प्लेटफर्ममा २ अर्बभन्दा बढी प्रयोगकर्ता छन् ।

युवाहरु आफ्ना अभिभावक तथा ठूला मानिससँग आफ्नो नेटवर्क शेयर गर्न नचाहने गरेको कारण फेसबुकमा युवाको चासो घटेको हो । साथै स्न्यापच्याट र इन्स्टाग्राममा टीएजरहरु फोटो तथा रोचक कहानीको साथमा आफ्नो समय बिताउने गरेका छन् । पछिल्लो समय विभिन्न मुलुकमा सामाजिक सञ्जालको दुरुपयोग उल्लेख्य मात्रामा हुने गरेको समाचार पनि सार्वजनिक भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ