arrow

धार्मिक हाजिरी जवाफ सम्पन्न 

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
sanskrit-hajirijawaf.JPG

विराटनगर । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषय संरक्षण गर्ने उदेश्यका साथ विराटनगरमा धार्मिक गुरुकुलीय पाठशाला स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ । वैदिक कर्मकाण्ड परिषद् नेपालको आयोजनामा शनिवार विराटनगरमा सम्पन्न कार्यक्रममा स्थानीय धार्मिक युवा प्रथम, लक्ष्मीनारायण वेद विद्या गुरुकुल दोस्रो र लक्ष्मीनारायण मन्दिर गुरुकुल पिपलचोक तेस्रो भएका छन्। 

हाजिरी जवाफ प्रतियोगितामा पाणीनी संस्कृत विद्यालय, महेश सन्यास आश्रम गुरुकुल देवघाट, राधारमण मन्दिर पाञ्चाली सहभागी भएका थिए । कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रतियोगितामा विजयी तथा सहभागीलाई बधाइ सहित सम्मानपत्र प्रदान गरेका थिए । यस्तै सोही कार्यक्रममा बैदिक कर्मकाण्ड परिषद नेपालका अध्यक्ष कुमार निरौलाद्धारा लिखित र प्रकाशित हिन्दू विज्ञान नामक पुस्तकको मेयर पराजुलीले विमोचन गरेका छन् । धार्मिक तथा सांस्कृतिक क्षेत्रमा भएका र सुनिएका भ्रम र यसका बास्तविक पक्ष पुस्तकमा उल्लेख गरिएको छ । 

कार्यक्रममा बोल्दै मेयर पराजुलीले  धार्मिक आस्थाले समाजलाई सकारात्मक दिशामा अगाडि लैजाने बताए । समाजलाई धार्मिक र नैतिक बनाउनकोलागि सवै क्षेत्रका बौद्धिक व्यक्तित्वहरु लाग्नुपर्ने धारणा राखे । विराटनगर महानगर भित्रका सवैखाले धार्मिक तथा सास्कृतिक पहिचानका क्षेत्रहरुको विकासमा लगानी गरिरहेको मेयर पराजुलीको भनाइ थियो । कार्यक्रममा बरिष्ठ धार्मिक व्यक्तित्वहरु रामानुज नेपाल, श्यामशरण भट्टराई, गोपाल सुवेदी, अच्युत गौतम, रमेश निरौला, अनन्त पराजुली, कौशल ढुङ्गेल, रमेश निरौला लगायतको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ