arrow

पटका पड्काउन र बेच्न प्रतिबन्ध

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1395734224.jpeg
कञ्चनपुर । कञ्चनपुरमा ज्वलनशील पदार्थ पटका पड्काउन र बिक्री वितरण गर्ने कार्यमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । पटका पड्काउने कार्यबाट चोटपटक लाग्ने र आगलागीलगायतका दुर्घटना निम्तिने भएकाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पटका पड्काउने र बिक्री वितरणको कार्यमा प्रतिबन्ध लगाएको हो । 

“भारतीय खुला सीमा नाकाबाट पटका भित्र्याउने कार्य भइरहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि उच्च निगरानी बढाएका छौँ” – जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले भने । पटका नियन्त्रण गर्नका लागि खरिद बिक्रीको खोजी गरी कारबाही गर्ने र छापा मार्नेलगायतका कार्यलाई अगाडि बढाएको उनले बताए । 
 
पटकाको कारोबार गरेको पाइए हदैसम्मको कानुनी कारबाही गर्छौं उनले भने – “यसका लागि जिल्लाभरिका प्रहरी एकाइलाई परिचालन गरिएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ