arrow

पाकिस्तानी सैन्य विमान विष्फोट, १९ जनाको मृत्यु

विमान गाउँमा खस्दा थुप्रै घरहरु क्षतिग्रस्त

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार

काठमाडौं । पाकिस्तानी सेनाको एक विमान विष्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । पाकिस्तानको रावलपिन्डीमा विमान विष्फोट हुँदा चालक दलका ५ सदस्यसहित १९ जनाको ज्यान गएको हो । 

मृतकमा १४ जना सर्वसाधारण हुन् । १२ जना घाइते भएका छन् । रिहायसी क्षेत्रमा भएको उक्त दुर्घटनामा मृतकको संख्या बढ्न सक्ने बताइएको छ । 

सेनाका अनुसार घटनामा परी दुवै पाइलट मारिएका छन् । रावलपिन्डी अस्पतालमा आपतकाल घोषणा गरिएको छ । 

सेनाका अनुसार यो विमान प्रशिक्षण उडानमा रहेको थियो । सोही क्रममा विमान मोरा कालु गाउँमा दुर्घटनाग्रस्त भएको हो । अँधरो भएका कारणले गर्दा बिहानै राहत र बचाउ कार्यमा अवरोध आएको समेत जनाइएको छ । 

गाउँमा विमान खस्दा स्थानीय थुप्रै घर क्षतिग्रस्त भएका छन् । घरका छतछतमा विमानका टुक्रा खसेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ