arrow

कैदीहरु आपसमा भिड्दा कम्तीमा ५७ जनाको मृत्यु

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
brazil-secutiry1.jpg

काठमाडौं । ब्राजिलको एक जेलमा दुई कैदी समूहबीच भएको भिडन्तमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । केहीको अवस्था अझै गम्भीर भएकाले मृतक बढ्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । 

ब्राजिलको पारा राज्यमा रहेको एक जेलमा एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो । 

सोमबार भएको उक्त भिडन्त पाँच घण्टासम्म चलेको थियो । जेलमा रहेका जेलरहरुलाई नियन्त्रणमा लिएर उनीहरुबीच आपसमा आक्रमण भएको थियो ।

स्थानिय मिडियाहरुलाई स्रोत बनाउँदै बीबीसीले लेखे अनुसार सुरुवातमा १६ जनाको टाउको काटिएको थियो । त्यसपछि जेलमा आगो लगाइएको थियो । आगलागीले निसास्सिएर बाँकीको मृत्यु भएको थियो ।

उक्त जेलमा २०० जनाको क्षमता रहे पनि ३०९ जना कैदी राखिएका थिए । ब्राजिल विश्वकै सबैभन्दा बढी जेलमा रहेका कैदीमा तेस्रो राष्ट्र पर्दछ । 

त्यहाँका जेलमा करिब ७ लाख कैदी छन् । ब्राजिलको जेलमा बेला बेलामा दंगा र भिडन्त भइरहन्छ । 

यसै वर्षको मे महिनामा मानाउस जेलमा दंगा हुँदा ४० जना मारिएका थिए । सन् २०१७ को जनवरीमा १३० जना कैदी मारिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ