arrow

बैंकको शाखा नै नपुगेको देशको एकमात्र नगरपालिका, जिम्मा थियो एनआईसी एशियाको

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
dhanushadham-nagarpalika.jpg

काठमाडौं । झट्ट सुन्दा नगरपालिका भन्ने वित्तिकै सुविधासम्पन्न र सबै सेवाहरु सजिलै पाउने ठाउँ भन्ने लाग्छ । तर, देशमा एउटैमात्र यस्तो नगरपालिका छ जहाँ अरु सुविधाको कुरा त परको कुरा एउटा पनि बैंकको शाखा समेत पुगेको छैन । त्यो नगरपालिका र त्यहाँका प्रतिनिधिको कमजोरीले पनि होईन । यो त केन्द्रको नीति र बैंकको कमजोरीले गर्दा देखिएको समस्या हो । 

सबै स्थानीय तहमा सिंहदरबारको अवधारणा अनुसार केन्द्रका धेरै अधिकारहरु स्थानीय तहमा पठाईएको छ । सेवाग्राहीले पाउने सेवाहरुहरु स्थानीय तहबाटै दिईने भनेपनि नगरपालिकाका सेवाग्राहीहरुले बैंकको सेवा समेत पाउन सकेका छैनन् । सरकारको हरेक स्थानीय तहमा एउटा बैंकको शाखा अनिवार्र्य पुर्याउने योजना भएपनि कूल २० गाउँपालिका र एउटा नगरपालिकामा बैंकको शाखा पुगेको छैन । 

धनुषाको धनुषाधाम नगरपालिकामा कूल ४५ हजार जनसंख्या रहेका छन् । पूर्वपश्चिम राजमार्गलाई समेत छुने यो नगरपालिकामा बैंकको शाखा खोल्ने जिम्मा एनआईसी एशियाले पाएको थियो । नगरपालिकाका प्रमुख वालेश्वर मण्डलले अन्य बैंकहरुले पनि शाखा खोल्नको लागि प्रस्तावनापत्र पठाएको भएपनि केन्द्रले एनआईसी एशियालाई शाखा खोल्नको लागि जिम्मा दिएकोले अरुको प्रस्ताव स्वीकृत नगरेको बताए । तर, एनआईसी एशियाले शाखा खोल्न कुनैपनि सक्रियता नदेखाएको आरोप समेत लगाएका छन् । पर्याप्त शहरी क्षेत्र भएपनि त्यहाँ बैंकले शाखा खोल्न नमानेको हो । यस विषयमा कुरा गर्न खोज्दा एनआईसी एशियाका सम्बधित व्यक्तिहरुसँग सम्पर्क हुन सकेन । 

अर्काे तर्फ राजधानीसँग जोडिएकै जिल्लाका दुई गाउँपालिकामा पनि बैंक पुगेको छैन । मंगलबार नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार देशभरका कूल २१ स्थानीय तहमा बैंक पुग्न बाँकी छ । त्यसमध्ये २ स्थानीय तह त राजधानी काठमाडौंसँग जोडिएको जिल्ला धादिङमा मात्रै रहेको छ । 

राष्ट्र बैंकका अनुसार धादिङका दुई गाउँपालिकाहरु रुबिभ्याली र नेत्रावती गाउँपालिकामा अहिलेसम्म बैंकको शाखा पुग्न सकेको छैन । यसबाहेक ताप्लेजुङ जिल्लाको एक गाउँपालिका, पर्साको एक, धनुषाको एक नगरपालिक रहेका छन् । बैंकको शाखा नपुगेका गाउँपालिका र नगरपालिकाहरु निम्नानुसार रहेका छन् । 

जिल्ला    गाँउपालिका नगरपालिका
ताप्लेजुङ     मिक्वाखोला गाँउपालिका
पर्सा            जीराभवानी गाउँपालिका
धनुषा          धनुषाधाम नगरपालिका
धादिङ        रुवी भ्याली गाउँपालिका
धादिङ        नेत्रावती गाँउपालिका
मनाङ         नार्फु गाउँपालिका
गोर्खा           धार्चे गाउँपालिका
डोल्पा          काईके गाउँपालिका
डोल्पा          छार्का ताङसोङ गाउँपालिका
डोल्पा          डोल्पो बुद्ध गाउँपालिका
कालिकोट     महावै गाउँपालिका
जाजरकोट    कुसे गाउँपालिका
डोल्पा          शे फोक्सुण्डो गाउँपालिका
जाजरकोट    जुनीचाँदे गाउँपालिका
जाजरकोट    बारेकोट गाउँपालिका
बाजुरा          पाण्डव गुफा गाउँपालिका
बाजुरा          स्वामीकार्तिक गाउँपालिका
बझाङ         काँडा गाँउपालिका
बझाङ         थलारा गाँउपालिका
बाजुरा         गौमुल गाउँपालिका
बाजुरा         बुढीनन्दा नगरपालिका
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ