arrow

१६ वर्ष पुगेपछि बिहे गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन  

logo
प्रकाशित २०७६ साउन १५ बुधबार
Child-marriage.jpeg

काठमाडौं । छोरी १६ वर्ष पुगेपछि विवाह गर्न पाउनु पर्ने माग गर्दै बाँकेमा मधेशी र मुस्लिम महिला आन्दोलित भएका छन् ।

युवायुवती २० वर्ष पुगेपछि मात्र विवाह गर्न गराउन पाउने कानुनी प्रावधान मेधशी र मुस्लिम समुदायविरुद्ध भएको भन्दै उनीहरुले मंगलबार नेपालगञ्ज उपमहानगरपालिका अगाडि दुई घण्टा सडक अबरुद्ध बनाए ।

छोरीको उमेर १६ वर्ष पूरा भएपछि बिहे गर्न पाउनुपर्ने माग गर्दै झण्डै तीन सय महिला नेपालगञ्ज आएको आन्दोलनको नेतृत्वकर्ता रामदेव मिश्रले बताए ।

उनले मधेशी र मुस्लिम समुदायका एक दुई परिवारको मात्र समस्या नभई पूरै समुदायलाई कानुनले असर गरेको बताए ।

खजुरा गाउँपालिका ५ रजनवाकी २२ वर्षीया शान्ति यादवले २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्थाले आफ्नो समुदायका छोराछोरीको विवाह गर्न समस्या हुने बताइन् ।

उमेर बढी भएकी छोरीलाई केटाले विवाह गर्न नमान्ने उनको भनाई छ। (नयाँ पत्रिका दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ