arrow

कानुनको धज्जी उडाए विद्यासुन्दरले  

logo
प्रकाशित २०७६ साउन १५ बुधबार
vidya-sundar-shakya.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले विदेश जानका लागि स्वीकृति लिनुपर्ने भनी कडीकडाउ गरेको दावी गर्दै आए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई भने त्यो नियम लागु नहुने स्पष्टै भएको छ । 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमति बिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएपछि ओलीको नियम मजाकमात्र बनिरहेको स्पष्ट भएको हो । 

शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई विदेश भ्रमणमा गएको बताइएको छ । आइतबार गएको टोलीले चीनको ल्हासा र छेन्दु सहरको भ्रमण गर्नेछ । 

नौ दिने भ्रमणका लागि गएका उनीहरुको १० जनाको टोलीमा विद्यासुन्दरसंगै उनकी धर्मपत्नी सुचिता शाक्य, वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, नगरकार्यपालिका सदस्य रश्मि खड्का र हिरा पोखरेल, प्रशासन महाशाखाका निर्देशक गणेश थपलिया र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका शाखा अधिकृत यम बस्याल, ललितकला प्रज्ञा प्रतिष्ठानका तर्फबाट धर्म शाक्य र सुष्मा राजभण्डारी रहेका छन् ।

ओली नेतृत्वको सरकारले कानुन नै बनाएको छ कि – जनप्रतिनिधिले विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र भ्रमणमा जानुपर्ने । तर विद्यासुन्दरले कानुनी व्यवस्थाको धज्जी उडाएका छन् । 

यद्यपि महानगरपालिकाले भने अनुमति लिएर नै भ्रमणमा गएको दाबी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ