arrow

कुन मुलुकसँग कति छ सुपरकम्प्युटर ?

logo
प्रकाशित २०७६ साउन १५ बुधबार
supercomputer.jpg

काठमाडौं । सुपर कम्प्युटरको नाम सुन्नेबित्तिकै दिमागमा केही विशेष काम गर्ने कम्प्युटरको छवि बन्छ । वास्तवमा नै सुपरकम्प्युटर आधुनिक विश्वको विकासको लागि निकै महत्वपूर्ण कुरा हो । त्यसैले अहिले विश्वका धेरै मुलुक यसको विस्तारका लागि अघि बढिरहेका छन् ।

 विज्ञान तथा प्रविधिको हिसाबमा यसलाई निकै महत्वपूर्ण मान्न सकिन्छ । विश्वस्तरीय सुपरकम्प्युटर्सको प्रयोग गाडी डिजाइनदेखि लिएर मौसमको अनुमान तथा नयाँ औषधिको खोजको लागि पनि गरिँदै आएको छ ।

विकसित मुलुकहरु यो प्रविधि विस्तारको लागि उल्लेख्य रकम लगानी गर्दै आएका छन् । टप ५०० प्रोजेक्ट संस्थाले प्रत्येक २ वर्षमा विश्वभरको सुपरकम्प्युटरिङसँग जोडिएका आँकडा सार्वजनिक गर्दै आएको छ । यसका अनुसार सबैभन्दा धेरै सुपरकम्प्युटर्स अमेरिकासँग छ । विश्वको सबैभन्दा तीव्र गतिको सुपरकम्प्युटरमा अमेरिकाको हिस्सा ४२ प्रतिशत छ । यसमा चीनको हिस्सा केवल ८ प्रतिशत मात्र छ । भारत, दक्षिण कोरिया, रुसजस्ता मुलुकको हिस्सा समान २ प्रतिशतको हाराहारीमा छ ।

सुपरकम्प्युटरको प्रयोग
सुपरकम्प्युटर कुनै पनि मुलुकको लागि प्रविधिको शक्ति प्रदर्शन होइन । यसको सम्बन्ध मुलुकको प्रगतिसँग जोडिएको छ । जहाँ निकै तीव्र गतिको गणनाको कुरा आउँछ, त्यहाँ सुपरकम्प्युटरको प्रयोग हुन्छ ।
 
मौसम विज्ञान : मौसम वा प्राकृतिक विपत्तिको पूर्वानुमानमा सुपरकम्प्युटरको निकै ठूलो भूमिका रहने गरेको छ । मौसमको जानकारीको लागि धेरै कुराको गणना गर्नुपर्ने हुन्छ ।

चिकित्सा क्षेत्रः चिकित्सा क्षेत्रमा यसको उपयोग विभिन्न रोगसँग सम्बन्धित अनुसन्धानमा हुने गरेको छ । उदाहरणका लागि स्वाइनफ्लुको मोडलिङमा यसको प्रयोग गरिन्छ ।

उद्योगः सुपरकम्प्युटर्सले तेल वा ग्यासको नयाँ स्रोत खोज्न सहयोग गर्ने गरेको छ । त्यसका साथै उत्पादनको डिजाइन तथा मोडल तयार गर्न पनि सहयोग मिल्ने गरेको छ ।

सुरक्षाः न्युक्लियर परीक्षण, मिसाइल प्रक्षेपणलगायतका धेरै डेटालाई कम समयमा प्रोसेस गर्न पनि सुपरकम्प्युटर्सले वैज्ञानिकहरुलाई सहयोग गर्ने गरेको छ ।
विश्वका प्रमुख ५ सय सुपरकम्प्युटर्सको सूचीमा २ सय ३३ अमेरिकी कम्प्युटर्स छन् । यसले अमेरिका संख्यागत हिसाबमा पनि अगाडि रहेको देखिन्छ । अमेरिकाले अहिले प्रस्ताव गरेको सुपरकम्प्युटर्सको प्रयोगले वार्षिक ९ अर्ब ६० करोड नेपाली रुपैयाँबराबरको बिजुलीको बिल उठ्नेछ । चीनको तछाइन्हे–२ सुपरकम्प्युटर्सले एक सेकेण्डमा ३ लाख ३८ हजार ६ सय क्याल्कुलेशन गर्नसक्छ ।

कसरी गर्छ काम ?
कम्प्युटरको सामान्य परिभाषा अनुसार यदि कसैले त्यसलाई कुनै डेटा दिइयो भने त्यसलाई प्रोसेस गरेर नतिजा दिन सक्छ । सामान्य कम्प्युटले यसै गरी काम गर्छ । तर, सुपरकम्प्युटरले निकै कठिन कठिन हजारौं–करोडौं क्याल्कुलेशन एकै समयमा गर्छ । त्यसैले यो निकै ठूलो पनि हुन्छ । सन् १९६० मा सुपरकम्पयुटर्स निर्माणको काम शुरु गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ