arrow

लादेनका छोरा हम्जाको मृत्यु !

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
hamja-bin-laden.jpg

काठमाडौं । आतंकवादी समूह अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको छ । अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार हम्जाको मृत्यु भएको हो । 

Osama Bin Laden near Kabul in 2001

अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट रहेको बीबीसीले जनाएको छ । 

गत फेब्रुअरीमा अमेरिकी सरकारले हम्जा बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो ।

साउदी अरेबियाले गत मार्चमा मात्रै हम्जाको नागरिकता खोसेको थियो । हम्जा करिब ३० वर्षका थिए । 

उनले अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै अडियो–भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए ।

यो रिपोर्टलाई एनबीसी र न्यूयोर्क टाइम्सले सुरुआतमा प्राथमिकता दिएर प्रकाशित गरेका थिए । 

अल–कायदाले पहिलो पटक अमेरिकी ट्वीन टावरमा आक्रमण गरेर विद्रोहको बिगुल फुकेको थियो । ओसामा बिन लादेनलाई भने सन् २०११ मा मारेको अमेरिकाले दावी गरेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ