arrow

प्रचण्डको त्यो विद्रोही माओवादीले कब्जा गरेको २५०० विघा जग्गा अझै कब्जामै

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
maobadi-kabja.jpg

काठमाडौं । तत्कालिन माओवादी विद्रोहीको अगुवाइमा दाङमा कब्जा लिएको २५ सय विघा जग्गा अझै फिर्ता भएको छैन ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ विघा जग्गा कब्जा रहेको बताए ।

उनका अनुसार संस्थागत रुपमा कब्जा भएका जग्गाको आम्दानी जग्गाधनीले २०५८ सालदेखि नै पाएका छैनन् । द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न ब्यक्तिको १९ सय विघा जग्गा कब्जा गरेको थियो ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै व्यक्तिको जग्गा फिर्ता गरेको छ । तर विश्वविद्यालय र आश्रमको जग्ग्गा भने नगरेको तत्कालीन माओवादीका जिल्ला नेताले बताए । (अन्नपूर्ण पोष्ट दैनिकबाट) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ