arrow

प्रचण्डको त्यो विद्रोही माओवादीले आक्रमण गरेको दरबारको जग्गा अतिक्रमण

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
tansen-darwar.jpg

तानसेन । तत्कालीन माओवादी आक्रमणबाट क्षतिग्रस्त बनेको पाल्पा दरबार अतिक्रमणको चपेटामा परेको छ । सरकारी तथा संस्थानका कार्यालय खडा हुँदै जाँदा दरबारको अस्तित्व नै संकटमा परेको हो। ऐतिहासिक पाल्पा दरबार पर्यटनको मुख्य आकर्षण हो । यसलाई पुरानै हालतमा फर्काउन स्थानीयले माग गरेका छन् ।

राणा प्रताम शमशेरले विस १९८१ मा पाल्पा दरबारको निर्माण गर्दा पेरिफेरीमा भगवती मन्दिरबाहेक कुनै संरचना थिएन । २०१५ सालसम्म पनि यस्तै अवस्था थियो। त्यसपछि भने फाटफुट संरचना थपिन थाले । अहिले पाल्पा दरबार संग्रहालयको रुपमा सञ्चालनमा आएको छ । संग्रहालयको अस्तित्व नै समाप्त हुनेगरी अन्य किसिमका संरचना निर्माणको कारण दरबारको क्षेत्र खुम्चिँदै गएको छ ।

पाल्पाका राजनितिक दल, जनप्रतिनिधि, बुद्धिजिवी, सरोकारवाला निकाय, नागरिक अगुवाहरुले दरबारलाई पुरानै अवस्थामा फर्काउनु पर्ने माग गरेका छन् । अहिले दरबार क्षेत्र साघुरिँदै एउटा भवनमा मात्र सिमित भएको छ । भवनको उत्तरतर्फ जिल्ला समन्वय समितिको कार्यालय, बाल संघठन, मातपोत कार्यालयका कर्मचारी निवास, नेपाली सेनाको जग्गा रहेको छ ।

भवनको पश्चिमतर्फ नेपाल विधुत् प्राधिकरण, नेपाल टेलिकमको कार्यालय छ। दरबारको दक्षिणतर्फ जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनको भवन रहेको छ । हाल दरबारको उत्तरतिर राष्ट्रिय अनुसन्धान कार्यालयको स्थायी भवन निर्माण सुरु भएको छ ।

अध्ययन बिना नै पुरातात्विक मापदण्ड विपरित अन्धाधुन्ध रुपमा अर्को सरकारी निकायका भवनहरु बन्दै गएकोले स्थानीयले दरबारको अस्तित्व बचाउन माग गरेका हुन् ।

पाल्पा दरबार २०६२ साल माओवादी आक्रमणमा जलेर पूर्ण रुपमा नष्ट भयो । जलेको दरबार पुनर्निर्माण हुँदै हाल पाल्पा दरबार संग्रहालयको रुपमा सञ्चालनमा आएको छ । 
पाल्पा दरबार संग्रहालय हाल प्रदेश सरकार मातहतमा सञ्चालित छ । दरबार परिसरमा अन्धाधुन्ध रुपमा पक्की संरचनाका भवन निर्माणको क्रम बढ्दै गएपछि दरबारको जग्गामा कुनै पनि नयाँ संरचना बनाउन नदिन सरोकारवालाले प्रशासनसँग अनुरोध गरेका छन् । (अन्नपूर्ण पोष्ट दैनिकबाट) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ