arrow

सुल्झिएन संसदको गतिरोध, सूचना टाँसगरी २० गतेसम्मको लागि स्थगित 

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
sanghiya-samsad.png

काठमाडौं । लगातार प्रतिपक्षी दलहरुले गरेको अवरोधका कारण चल्न नसकेको प्रतिनिधि सभाको बैठक बिहीबार पनि बस्न सकेन । प्रतिपक्षको माग पूरा गराएर संसद चलाउन सभामुखले नसकेपछि बिहीबार पनि बैठक सूचना टाँस गरेर आगामी २० साउनसम्मको लागि स्थगित गरिएको छ । संसदका महासचिव मनोहरप्रसाद भट्टराईले साउन २० गतेसम्मको लागि संसद स्थगित गरिएको सूचना टाँस गरेका छन् । बुधबार संसद चल्न नसकेपछि बिहीबार दिउँसो २ बजेको लागि संसद बैठक बोलाईएको थियो । 

कांग्रेस र राजपाका सांसदले गत असारमा प्रहरीको कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै केही दिनदेखि विरोध गर्दै आएका छन्। पौडेल नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाहीका इन्चार्ज थिए । यस्तै अवैध बालुवा निकाल्ने क्रममा खनिएको खाल्डोमा परेर १२ वर्षीय बालक रायको मृत्यु भएको थियो । बालक मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका केवल महतोको प्रहरीसँगको झडपमा निधन भएको थियो। 

प्रतिपक्षी दलको मागमा मध्यस्थकर्ताको भूमिका समेत खेल्न नसकेको सभामुखले संसद चल्दा पनि केवल पेलेर जाने प्रवृत्ति देखाएका छन् भने अन्य समयमा समस्या सुल्झाउनको लागि प्रभावकारी भूमिका खेल्न सकेका छैनन् । जसका कारण झण्डै एक महिना हुनैलाग्दा पनि संसदको गतिरोध अन्त्य हुन सकेको छैन । बीचमा केही दिन बाढीमा परेका नेपालीहरुको उद्दार र राहतको विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न र छलफल गर्नको लागि संसद चलेको थियो । त्यसपछि फेरि संसदमा अवरोध कायमै छ । 

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ