arrow

एनआरएन यूके विश्वमै ठूलो राष्ट्रिय समिति बन्न सफल

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
nrna-uks.jpg

 गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको १४ सेप्टेम्बरमा हुने निर्वाचनका लागि करिब १३ हजार ८ सयले सदस्यता आवेदन दिएका छन् । गैरआवासीय नेपाली संघ यूकेका प्रवक्ता रमेश सराङकोटीका अनुसार पूर्वनिर्धारित तालिकाअनुसार बुधबार साँझ ८ बजेसम्म सदस्यता फाराममार्फत् १३ हजार ३ सय ४३, अनलाइन ३ सय १६ र हुलाकमार्फत १ सय ९४ जनाले सदस्यताका लागि आवेदन दिएका हुन् ।

एनआरएन यूकेको नयाँ सदस्यता संख्या १३ हजार ८ सय ५३ छ । अध्यक्षका प्रत्याशी शेरबहादुर सुनारले आफ्नो अभियान सफल भएको दाबी गरे । उनले भने, ‘मैले एनआरएन यूकेको सदस्यता १० हजारभन्दा माथि बनाउने अभियान चलाएको थिएँ, आज त्यो अभियान सफल भयो, निकै खुसी छु ।'

आफ्नो टिमको मेहनतको कारणले ६ हजार बढी सदस्य बनाउन सफल भएको उनको दाबी छ । प्राप्त आवेदन प्रमाणीकरण गरेपछि मात्र मतदाताका लागि योग्य हुने संघका प्रवक्ता सराङकोटीले जानकारी दिए ।यस्तै, अध्यक्षकी प्रत्याशी पुनम गुरुङ निकटवर्तीका अनुसार गुरुङ समूहले ५ हजारको हाराहारीमा सदस्यता फाराम बुझाएका छन् । संघको निर्वाचन कार्यालयमा प्राप्त सदस्यले मात्र सो निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न पाउँछन् ।

नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा वर्तमान उपाध्यक्षहरु शेर सुनार, प्रेमगाहा मगर र पुनम गुरुङबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तै, महासचिवमा राजकुमार त्रिपाठी, कर्म पहाडी शेर्पा र फणाीन्द्र भट्टराईबीच त्रिपक्षीय भिडन्त हुने बुझिएको छ । यो संख्या गैरआवासीय नेपाली संघका विश्वभर छरिएका ८० राष्ट्रिय समितिभन्दा अधिक हो । सदस्यता संख्याको हिसाबले एनआरएन यूके विश्वमै ठूलो राष्ट्रिय समिति बन्न सफल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ