arrow

फेवातालमा युवकको भेटियो शव, पौडी खेल्न नजान्दा डुबेको अनुमान

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
yubak.jpg

पोखरा । पोखराको फेवातालमा बिहिबार बिहान शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामबाट घटना स्थलमा खटीएका प्रहरी निरीक्षक विजय भण्डारीका अनुसार पोखरा ६ खहरे खपौंदी क्षेत्रमा एक पुरुष मृत भेटिएका हुन् ।

 अन्दाजी ३५ वर्षका उक्त पुरुषको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । ‘शव दुई दिन जत्तिको हुनसक्छ । भित्री बस्त्र मात्र लगाएको अवस्थामा भेटिएकाले पौडी खेल्न जाँदा डुबेको अनुमान गरेका छौं  प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

स्थानीयले हिजोसम्म किनारमा कपडा देखेका पनि भनेका छन् । शरीरमा अन्य चोटपटक नभएको हुनाले पौडी खेल्न जाँदा नै डुबेको जस्तो छ । पोष्टमार्टम गरेपछि नै के भएको हो भन्ने थाहा हुन्छ ।’ भण्डारीले जानकारी दीए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ